Logo

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा बैद्य नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा बैद्य नियुक्त



काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा बैद्य नियुक्त भएकी छन् । प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल अवधि सकिएर आईतबारदेखि विदामा बसेपछि बैद्य निमित्तको भुमिकामा आएकी हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बैद्यलाई उक्त पद सुम्पेको हो । यसअघि प्रबन्ध निर्देशक रहेको डिल्लीराम अधिकारीको कार्यकाल भने पुष २२ गते सकिँदैछ । उनी आईतबारदेखि नै विदामा बसेका हुन् ।

नयाँ प्रबन्ध निर्देशकका लागि खोलेको आवेदनमा हालसम्म ९ जनाको आवेदन परेको छ । तर, नयाँ एमडी नियुक्त गर्ने बेलामा उमेरहदको व्यवस्था परिवर्तन गरिएको भन्दै यसका विरुद्ध अदालतमा मुद्धा परेको छ ।

नव नियुक्त निमित्त प्रवन्ध निर्देशक बैद्यले नेपाल सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकाय लगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह बमोजिम अघि बढ्ने बताएकी छन् ।

उनले गुनासाहरु छिटो/छरितो तथा उचित रुपले सम्बोधन गर्ने कार्यमा सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारीबाट सहयोग प्राप्त हुने समेत बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL