Logo

सपनामा पनि कोरोनाको असर, महामारीयता पुरुषको तुलनामा महिलाहरुले धेरै पीडादायी सपना देख्ने गरेको अध्ययनको निष्कर्ष

सपनामा पनि कोरोनाको असर, महामारीयता पुरुषको तुलनामा महिलाहरुले धेरै पीडादायी सपना देख्ने गरेको अध्ययनको निष्कर्ष



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा विभिन्न अध्ययनहरु हुँदै आएका छन् । यसैक्रममा पछिल्लो एक अध्धयनले भने अचम्मलाग्दो निष्कर्ष सार्वजनिक गरेको छ । याहुलाइफमा प्रकाशित एक नयाँ अध्ययनका अनुसार कोरोना भाईरसको महामारीको अवस्थामा पुरुषको तुलनामा महिलाहरुले बढी क्रोधित र थकिन सपना देख्ने गरेको पाईएको छ । ड्रिमिङ नामक जर्नलमा सो अनुसन्धानसम्बन्धी विस्तृ अध्ययन सार्वजनिक गरिएको छ ।

अनुसन्धानकर्ताहरुले २ हजार ८ सय ८८ जनामा उनीहरुले कोरोना महामारीमा देखेको सपनाको बारेमा अध्ययन गरेका थिए । सो अध्ययनबाट संकलित तथ्यांकलाई विश्लेषण गरिएको थियो । हार्वर्ड विश्वविद्यालयस्थित मनोविज्ञानका असिटेन्ट प्रोफेसर डिसड्रे ब्यारेट्ले आफ्ना लेखमा महिलाहरुले आफ्नो सपनामा सकारात्मक भन्दा बढी दुखी, थकित र क्रोधित सपना देख्ने गरेको उल्लेख गरेकी छन् ।

यस्तै उनीहरुले आफ्ना सपनामा मृत्यु र जीवविज्ञानसँग सम्बन्धित विभिन्न दुखदायी र पीडादायक सपनाहरु देखेको बताएका छन् । यस्तै पुरुषहरुले भने महामारीभन्दा अगाडिको तुलनामा महामारीमा बढी नकारात्मक सपना देखेको बताएका छन् । तर, त्यस्तो दर भने महिलाहरुभन्दा निकै कम रहेको छ । यस्तै पुरुषहरुले कोरोनाको महामारीमा पहिलेभन्दा बढी रिसालु, दुखित, शारिरिक बनावटलगायतका सपना नदेखेको ब्यारेट बताउँछिन ।

यस्तै महामारीको अवस्थामा मृत्युसँग सम्बन्धित सपना भने महिला र पुरुषमा बराबर मात्रामा देखिएको पाईएको छ । तर महामारीको अगाडिको तुलनामा महामारीको बेलामा यस्तो सपना ३ गुणाले बढेको बताईएको छ । तर महिलाले हरर, सिन, मर्डरलगायतका सपना बढी देखेको अध्धयन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै महिलाहरु सपनासँगै घरेलु हिंसाबाट पनि महामारीको अवस्थामा बढी पीडतत भएको अध्ययनमा उल्लेख छ । तर, प्राय महिलाले भने रिसाएको र थकित सपना बढी देख्ने गरेको अध्ययनमा उल्लेख छ ।

सपनामा हुने अनियन्त्रणलाई कसरी रोक्ने ?

एक अध्ययनकर्ताका अनुसार हाम्रो सुताईको अवस्थाले धेरै विषयमा असर पार्छ । जसमध्ये एउटा सबैभन्दा ठूलो समस्या भनेकै सुत्ने समयको ख्याल नगर्नु हो । जसअनुसार मानिसले सुत्ने समय जहिल्यै एउटै हुनुपर्दछ । यस्तै सँधै उठ्ने बेलामा स्ट्रेस रिडक्सन प्रक्रिया अपनाउँदासमेत सपनामा डिस्टर्व नहुने अनुसन्धाता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL