Logo

कोरोना भाईरसबारे डरलाग्दो खुलासा : निको भएका ९० प्रतिशत बिरामीको फोक्सो ड्यामेज

कोरोना भाईरसबारे डरलाग्दो खुलासा : निको भएका ९० प्रतिशत बिरामीको फोक्सो ड्यामेज



काठमाडौं । पछिल्लो समय विश्वव्यापी बनेको कोरोना भाईरस (कोभिड–१९) संक्रमणबारे भयावह खुलासा बाहिरिएको छ । हालै प्रकाशित एक समाचारअनुसार कोरोना भाईरस महामारीको उत्पत्ति भएको चीनको वुहानका कोरोना बिरामीमध्ये ९० प्रतिशतमा फोक्सो ड्यामेज भएको छ । यस्तै अन्य ५ प्रतिशत बिरामीहरु भने पुनः कोरोना भाईरस पाजेटिभ देखिँदा क्वारेन्टाईनमा बस्नुपरेको छ ।

laxmi

चीनको वुहानस्थित एक विश्वविद्यालयका वैज्ञानिकरुको टिमले गत अप्रिलदेखि कोरोना बिरामी निको भएका १ सय जनालाई फलोअप गरिरहेको छ । पहिलो चरणको अध्ययनमा ५९ बर्षका बिरामीहरुलाई समावेश गरिएको छ ।

जसमध्ये ९० प्रतिशत बिरामीहरुको फोक्सोले काम नगर्ने अवस्थामा पुगेको देखिएको हो । यस्तै उक्त टोलीले बिरामीहरुको हिँडाई पनि परिक्षण गरेको थियो । जसमा बीरामीहरुले ६ मिनेटमा जम्मा ४ सय मिटरमात्रै हिँड्न सकेका थिए भने, सकुशल मानिसहरुले ६ मिनेटमा ५ सय मिटर हिँड्न सकेका थिए ।

यस्तै केही निको भईसकेका बिरामीहरुलाई ३ महिनामा पुनः अक्सिजन चाहिने भएको थियो । उक्त टोलीले कोरोना संक्रमण भई निको भएका ६५ बर्षमाथिका बिरामीहरुलाई पनि आफ्नो अनुसन्धानको दायरामा ल्याएको थियो । उक्त अध्ययनमा प6नि १ सय जनामध्ये १० प्रतिशत बिरामीहरुमा एन्टीबडीको कमी रहेको पाईएको थियो । तर, ५ प्रतिशतमा भने अझै कोरोना पोजेटिभ देखिएपछि पुनः क्वारेन्टाईनमा राख्नुपरेको हो ।

यस्तै अरु कैयौं बिरामीहरु भने डिप्रेसनको शिकार भएको अध्ययनले देखाएको छ । उनीहरुले अनुसन्धान टिमलाई अझै उनिहरुका परिवारले उननीहरुसँगै बसेर खाना खान समेत डराउने गरेको पनि बताएकाथिए । https://economictimes.indiatimes.comबाट अनुबाद

प्रतिक्रिया दिनुहोस्
MBL