Logo

निजीले काम नगरेपछि आफनै निर्माण कम्पनी बनाउँदै सरकार, नागढुङ्गा सुरुङ्गमार्गको जिम्मा जाईकालाई दिने तयारी

निजीले काम नगरेपछि आफनै निर्माण कम्पनी बनाउँदै सरकार, नागढुङ्गा सुरुङ्गमार्गको जिम्मा जाईकालाई दिने तयारी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले काठमाडौंलाई साउन देखी नयाँ बनाउने बताएका छन । उनले त्यसका लागि मन्त्रालयको तर्फबाट काम भइरहेको बताउँदै विभिन्न ठाउँमा अन्डरपास र अन्डरवे निर्माणको प्रक्रिया अघि बढाएका समेत जानकारी दिएका छन ।

laxmi

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले विकास आयोजनाहरुमा हुने ढिलासुस्ती रोक्न निर्माण कम्पनी गठनको तयारीमा रहेको समेत जानकारी दिएका छन । ‘नेपाल सरकार आफ्नै निर्माण कम्पनी स्थापना गर्न गइरहेको छ । सात दिनभित्र केही आउँछ’ उनले भने ।

सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी निर्माण कम्पनीलाई पनि प्रोत्साहन गर्ने मन्त्री महासेठले बताए । काठमाडौंको विभिन्न स्थानमा सिग्नेचर पुल बनाउन अध्ययन भईरहेको र कोटेश्वर, चावहिल, गौशलालगायतका स्थानमा उक्त पुल बनाउन परामर्शदातासँग छलफल गर्ने बताए ।

महासेठले कोटेश्वरमा सरकारको आफ्नै लगानीमा कर्भड अन्डरपास बनाउन लागेको समेत जानकारी दिएका छन । उनले भने, ‘निर्माण ब्यवसायीले समयमै भुक्तानी लिए पनि काम नगरेकाले अव सरकार आफैंले निर्माण गर्न लागेको हो ।’

त्यस्तै मन्त्री महासेठले नागढुङ्गा सुरुङ्गमार्ग निर्माणको जिम्मा जापानी कम्पनी जाईकालाई दिने तयारी भएको बताएका छन । ‘अहिले छलफलमै छौं जाईकालाई दिने लगभग पक्का जस्तै भएको छ,’ उनले भने, ‘जाईकालाई दिएको १५ दिन भित्रै काम सुरु गर्ने र काम गरेको २ बर्ष भित्रमा उक्त सुरुङ्गमार्ग निर्माण सम्पन्न गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL