Logo

लगानी सम्मेलनको पहिलो दिन : कसले के भने ?

लगानी सम्मेलनको पहिलो दिन : कसले के भने ?



काठमाडौं । काठमाडौंमा भैरहेको लगानी सम्मेलनमा विभिन्न बक्ताहरुले आ–आफ्नै राय राखेका छन । सम्मेलनको पहिलो दिन उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भर्जिन ल्याण्ड भएको भन्दै लगानी भित्र्याएर प्रचुर मात्रामा फाईदा लिन विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन । सम्मेलन उद्घाटन सत्रमा बोल्दै उनले नेपालमा लगानीको उचित समय भएको भन्दै लगानी गरेर नाफा लैजान लगानीकर्तालाई आह्वान गरेका हुन ।

laxmi


यस्तै सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री डा. युबराज खतिवडाले नेपालमा लगानीको वातावरण रहेको भन्दै नेपाली कम्पनीसँगको सहकार्य गरेर जोईन्ट भेन्चर कम्पनी खोल्न लगानीकर्तालाई आग्रह गरेका हुन । उनले नेपाल सरकारले नेपाली लगानीकर्ता र विदेशी लगानीकर्ताबीच जोईन्टभेन्चर कम्पनी खडा गर्न पुलको काम गरिदिने बताएका हुन ।


यस्तै सम्मेलनको उद्घाटन सत्रमै बोल्दै एशियाली विकास बैंकका उपाध्यक्ष सिछीन सेनले मेलम्ची खानेपानी आयोजना तथा गौतमबुद्ध अन्तरराष्ट्रय विमानस्थलको काम अघि बढिरहेको बताउँदै अन्य क्षेत्रमा पनि सही मात्रामा सहयोग गर्र्दै ‘४ बर्षिय न्यु कन्ट्री पार्टनरसिप रणनीति’ अगाडी सार्न लागेको जानकारी दिएका छन ।


सम्मेलनको उद्घाटन सत्रमै बोल्दै विश्व बैंक दक्षिण एशिया क्षेत्रिय उपप्रमुख हाटर््िवग साफरले नेपालको सार्वजनिक क्षेत्रले एक्लै चाहेर पनि विकास गर्न नसक्ने भन्दै विश्वबैंक यस्ता प्रक्रियामा सहयोगीको भुमिका निर्वाह गर्ने जानकारी दिएका छन ।


सम्मेलनमा बोल्दै पुर्वअर्थमन्त्री रामशरण महतले नेपालले मानव विकासमा धेरै ठुलो फड्को मारेको जानकारी दिएका छन । उनले नेपाल दक्षिण एशियामा हरित उर्जाको घर हुने सम्भावना बोकेको राष्ट्र रहेको बताउँदै उनले नेपालको बजार सानो भएपनि लगानी ठुला देशहरु छिमेकी भएकैले ठुला लगानी ल्याउन चाहिरहेको बताएका छन । उनले नेपालजस्तो हावापानी तथा उपयुक्त वातावरण अन्त नरहेको भन्दै नेपालमा जतिसक्दो धेरै लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन । उनले नेपाल क्रिकेट गन्तव्य रहेको बताउँदै विश्वका प्रायजसो मुलुकबाट क्रिकेट खेलाडीहरु नेपालमा क्रिकेट खेल्न आउनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन ।


सम्मेलनको प्लिनरी सेसनमा बोल्दै अर्थमन्त्रालयका सचिव लालशंकर घिमिरेले नेपालमा वैदेशिक लगानीलाई प्रोत्साहन गर्नका लागि सबैप्रकारका नीति नियम तथा कानुनहरु बनिसकेको जानकारी दिएका छन । उनले सेसनमा बोल्दै उनले नेपालले धेरै देशहरुसँग द्धिपक्षिय लगानी साझेदारी सम्झौता गर्न लागेको जानकारी दिएका छन ।


सुरज वैद्य

नेपालमा ६ प्रतिशतको अति राम्रो आर्थिक वृद्धिदर रहेको छ । ३ तहको निर्वाचन सफल भएसँगै अब नेपालमा राजनीतिक स्थायित्व आएको छ । अब मानिसहरु आर्थिक समृद्धितर्फ लम्केका छन ।

सागरराज गौतम, सिनियर डिभिजन ईन्जिनियर, जलस्रोत तथा उर्जा मन्त्रालय

हामी ट्रान्समिसनलाई अझ प्रभावकारी बनाउन यस क्षेत्रमा गहिरो काम गरिरहेका छौ । सोही अनुसार हामी हाम्रो देशबाट उर्जा निर्यात गर्नका लागि द्धिपक्षिय, त्रिपक्षिय तथा बहुपक्षिय सम्झौता गर्न तयार छौं ।

दिपकराज जोशी, सिईओ नेपाल पर्यटन बोर्ड

नेपाल घुम्नका लागि उतकृष्ट गन्तव्य हो । हामी लोन्ली प्लानेटका अनुसार घुम्नलायक ५ देशभित्र पर्दछौं । यस्तै काठमाडौं शहर २०१९ को घुम्नैपर्ने शहरमा परेको छ । यस्तै विश्वका अन्य मिडियाले पनि नेपालको राम्रे प्रशंसा गरेका छन ।

ग्लेन म्याक कार्टनी, अन्तरराष्ट्रिय एकिकृत रिसोर्ट व्यबस्थापनका प्रोफेसर

पुरानो ईतिहाँस बोेकेको नेपाल संस्कृतिको धनी छ । नेपालले नयाँ तथा पुराना संस्कृतीलाई संरक्षण गर्दै पर्यटन बढाउने कार्य गरेको छ । धेरै बर्षदेखि नेपालको संस्कृतीलाई पर्यटकहरुले मन पराउँदै आएका छन । आजको पर्यटन उत्पादनको पदर्शन होईन यो त अनुभवको प्रदर्शन हो ।

प्रतिक्रिया दिनुहोस्
MBL