Logo

कुमार घैंटेको लगानी फिर्ता नगर्दा गौचनको हत्या!

कुमार घैंटेको लगानी फिर्ता नगर्दा गौचनको हत्या!


बिजखबर संवाददाता
22k
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याको कारण खुलेको छ । हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले डाँफे कन्ट्रक्सनको सेयर नपाएपछि उनको हत्या गरेको बताएका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले यस्ते बयान दिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । बस्नेत शनिबार भारतबाट पक्राउ परेका हुन् ।

गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्ट्रक्सनकका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ ९घैंटे० मार्फत २ करोड ५० लाख लिएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

घैंटेको केही वर्ष अघि प्रहरी इन्काउन्टरमा मृत्यु भएको थियो ।सो रकममध्ये समीरमान सिंह बस्नेतको १ करोड थियो ।

कुमार श्रेष्ठको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनि समीरमान सिंह बस्नेतले पटक पटक माग गर्दा समेत फिर्ता नगरेपछि विवाद उत्कर्षमा पुगेका थियो ।

त्यस्तै बयान अनुसार वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन वापतको २ % रकम माग गरेकोमा गौचनले बेवास्ता गरेको खुलेको छ ।

गौचन हत्यामा संलग्न मध्ये मुख्य योजनाकार बस्नेत, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङ पक्राउ परिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
MBL