Logo

आगामी आवको बजेट लेखन समिति गठन, शर्माको संयोजकत्वमा ५ सदस्यले काम गर्ने

आगामी आवको बजेट लेखन समिति गठन, शर्माको संयोजकत्वमा ५ सदस्यले काम गर्ने



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षका लागि बजेट लेखनका लागि समिति गठन गरेको छ । शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गथन गरेका हुन् ।

laxmi

समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सम्मीलित छन् । बजेट लेखन समितिमा रहेका सहसचिवहरुमध्ये पार्वती शर्माबाहेक अन्य अर्थ मन्त्रालयभित्रैका हुन् ।

शर्मा भने आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक हुन् । शर्माले चालु आर्थिक बर्षको बजेटलेखनको पनि संयोजकत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL