Logo

विश्वका सबैभन्दा मजबुत १० फुड ब्रान्डमा अमेरिकाको वर्चश्व, दुई भारतीय ब्राण्ड पनि सूचीमा

विश्वका सबैभन्दा मजबुत १० फुड ब्रान्डमा अमेरिकाको वर्चश्व, दुई भारतीय ब्राण्ड पनि सूचीमा



काठमाडौं । विश्वका १० सबैभन्दा मजबुत फुड ब्रान्डहरूमा अमेरिकी ब्राण्डहरुको बर्चश्व देखिएको छ । शीर्ष १० को सूचीमा अमेरिकाका मात्रै ४ वटाले ठाउँ अगोटेका छन् । ब्रान्ड फाइनान्सका अनुसार चकलेट उत्पादन बनाउने अमेरिकी कम्पनी हर्से यो सूचीमा पहिलो नम्बरमा छ ।

laxmi

भारतमा दूध र दुग्धजन्य पदार्थको प्रसिद्ध ब्रान्ड अमूल दोस्रो स्थानमा छ । साथै, ब्रिटानिया पनि शीर्ष १० मा परेको छ । जसमा अमेरिकाका चार, भारतका दुई, जापानका एक, भियतनामका एक, चीन र स्वीट्जरल्याण्डका एक–एक ब्राण्ड रहेका छन् । अमेरिकी ब्रान्डहरूमा हर्से, डोरिटोस, चिटोस र स्टाउफर समावेश छन् ।

सूचीमा पहिलो नम्बरमा परेको अमेरिकाको चकलेट र कोको उत्पादन गर्ने हर्से ब्राण्डको कम्पनकिो मुख्यालय पेन्सिलभेनियामा छ । यो सन १८९४ मा मिल्टन एस. हर्सेद्वारा स्थापित भएको थियो । हाल मिशेल बक यसको सीईओ छन् । सूचीमा अमूल ब्राण्ड दोस्रो नम्बरमा परेको छ । यो गुजरात सहकारी दूध मार्केटिङ फेडरेशन लिमिटेड को स्वामित्वमा छ । यो एक सहकारी कम्पनी हो जसमा ३६ लाख किसान आबद्ध छन् । यो १४ डिसेम्बर १९४६ मा वर्गीस कुरियन र त्रिभुवनदास पटेल द्वारा स्थापित भएको थियो । यसको मुख्यालय आनंद, गुजरातमा छ । सन् २०२२ मा यसको कुल राजस्व ६.५ बिलियन डलर थियो ।

सूचीको शीर्ष १० मा तेस्रो नाम अमेरिकी ब्रान्ड डोरिटोसको छ । स्वादयुक्त चिप्सको यो ब्रान्ड पेप्सीको स्वामित्वमा छ । यो सूचीमा चिटोस चौथो नम्बरमा छर यसको स्वामित्व पनि पेप्सिकोसँग छ । यो सूचीमा ब्रिटानिया पाँचौं नम्बरमा छ । जापानको ब्रान्ड निसिन यो सूचीमा छैटौं स्थानमा छ । चीनको हाइटियन ब्रान्ड सातौं नम्बरमा छ । यो प्लास्टिक इन्जेक्सन मोल्डिङ मेसिन निर्माण गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी पनि हो । स्विट्जरल्याण्डको लिन्डट ब्रान्ड यो सूचीमा आठौं नम्बरमा छ । अमेरिकाको स्टोफर ब्राण्ड नवौं र भियतनामको भिनामिल्क ब्राण्ड दशौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL