Logo

मधेश प्रदेशको जीडीपी ७ खर्ब ७ अर्ब पुग्ने अनुमान, कृषि क्षेत्रमा कर्जा बढेसँगै बढ्यो उत्पादन

मधेश प्रदेशको जीडीपी ७ खर्ब ७ अर्ब पुग्ने अनुमान, कृषि क्षेत्रमा कर्जा बढेसँगै बढ्यो उत्पादन



काठमाडौं । चालु आर्थिक बर्ष मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन ७ खर्ब ७ अर्ब रुपैयाँ बराबरको पुग्ने अनुमान गरिएको । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मधेशको आर्थिक स्थीति प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । यसरी चालु आवमा मधेशको कुल गार्हस्थ उत्पादन वृद्धि दर चालु पनि १.६९ प्रतिशत रहने अनुमान गरिएको छ ।

laxmi

राष्ट्र बैंकको प्रतिवेदनमा समग्र देशको जीडीपी भने चालु आवमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । यसको वृद्धिदर भने १.८६ प्रतिशत हुने अनुमान गरिएको छ ।

यता मधेश प्रदेशकै कुरा गर्दा प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबभन्दा बढी योगदान ३५.२ प्रतिशत कृषि क्षेत्रको छ ।
यो प्रदेशमा गत आर्थिक बर्षमा प्रमुख कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्रफलमा ३.१६ प्रतिशतले वृद्धि भई १० लाख ३७ हजार ४४ हेक्टर पुगेको छ ।

चालु आर्थिक वर्षमा प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा ३.२५ प्रतिशतले ह्रास आई ६१ लाख ८२ हजार १ सय ३४ मे.टन पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आवमा यो प्रदेशमा दुधको उत्पादनमा १.७० प्रतिशत, मासुको उत्पादनमा १.३७ प्रतिशत, अण्डाको उत्पादन १.८८ प्रतिशत र माछाको उत्पादनमा ५.२७ प्रतिशत वृद्धि भएको छ ।्

यस्तै बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा कुल कर्जाको १२.५५ प्रतिशत पुगी ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक बर्ष मधेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ५४.२५ प्रतिशत रहेको छ भने उत्पादन वृद्धि औसतमा ५.२३ प्रतिशत रहेको छ ।समीक्षा वर्षमा यस प्रदेशमाा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ७.३० प्रतिशतले वृद्घि भई १ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३१ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स एवम् धातुका सामान उत्पादन तर्फ ५ प्रतिशत, निर्माण उद्योगतर्फ ६ प्रतिशत, खानी उद्योगतर्फ २ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ १ प्रतिशत कर्जा प्रवाह भएको छ ।

मधेश प्रदेशको पर्यटकस्तरीय होटलमा पर्यटकको आगमनमा गत बर्ष ५५.३७ प्रतिशतले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले समीक्षा वर्षमा यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप १३.२५ प्रतिशतले वृद्धि भई २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने यस प्रदेशमा प्रवाह गरेको कर्जा ४.६८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १ लाख ८१ हजार ६ सय १३ रहेको छ जुन संख्या मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २३.५५ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL