Logo

३ महिनामा ३ खर्ब ५९ अर्बको व्यापारघाटा, निर्यात व्यापारमा ३५ प्रतिशतको गिरावट

३ महिनामा ३ खर्ब ५९ अर्बको व्यापारघाटा, निर्यात व्यापारमा ३५ प्रतिशतको गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको ३ महिनामा नेपालले ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बरारबको व्यापारघाटा व्यहोरेको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा नेपालले गर्ने आयातको व्यापारमा १६.२० प्रतिशतले कमी आउँदा पनि व्यापारघाटा साढे ३ खर्ब नाघेको हो । तर, यो व्यापारघाटा गत आवको सोही अवधिको तुलनामा भने १३.१३ प्रतिशतले कम हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले चालु आवको साउनदेखि असोजसम्म विभिन्न देशबाट ४ खर्ब ९९ करोढ ८३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस्तै यस अवधिमा नेपलले भने जम्मा ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको देखिन्छ ।

भन्सार विभागका अनुसार पछिल्लो ३ महिनामा गत आवको सोही अवधिको तुलनामा निर्यात व्यापार ३५.३१ प्रतिशतले घट्दा आयातको व्यापारमा पनि १६.२० प्रतिशतको गिरावट आएको छ । यस्तै यस अवधिमा कुल वैदेशिक व्यापार पनि गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशतले घटेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL