Logo

विश्व अर्थतन्त्रको वृद्धिदर ३.२ प्रतिशतमा खुम्चिने आइएमएफको प्रक्षेपण

विश्व अर्थतन्त्रको वृद्धिदर ३.२ प्रतिशतमा खुम्चिने आइएमएफको प्रक्षेपण



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्रको वृद्धिदर ३.२ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । आइएमफले गत वर्षको ६.१ प्रतिशतबाट अर्थतन्त्रको वृद्धिदर ३.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो । सन् २०२२ मा विश्वव्यापी वृद्धि दर ३.२ प्रतिशत र २०२३ मा २.९ प्रतिशत हुने अपेक्षा गरिएको छ । यो अप्रिल, २०२२ मा वर्ल्ड इकोनोमिक आउटलुकमा अनुमान गरिएको अनुमानभन्दा क्रमशः ०.४ प्रतिशत र ०.७ प्रतिशत कम हो ।

laxmi

आईएमएफले आफ्नो पछिल्लो प्रतिवेदनमा चीन र अमेरिकाका साथै भारतको आर्थिक वृद्धि प्रक्षेपणलाई घटाएर २०२२–२३ को लागि विश्वव्यापी वृद्धि प्रक्षेपण घटाइएको जनाएको छ ।

आइएमएफले भनेको छ –‘अप्रिल २०२२ मा विश्व आर्थिक परिदृश्यमा अनुमान गरिएको जोखिम अब वास्तविकतामा परिणत हुँदैछ । यो महामारी नियन्त्रण गर्न चीनमा लगाइएको ‘लकडाउन’, मुद्रास्फीति नियन्त्रणका लागि विभिन्न देशका केन्द्रीय बैंकले मौद्रिक नीतिमा कडाइ गर्ने, विश्वव्यापी वित्तीय अवस्थाको कडाई र युक्रेन युद्धको प्रभावको परिणाम हो ।’ सन् २०२१ मा विश्वव्यापी रिकभरी देखिएपनि सन् २०२२ मा विश्वको वित्तीय अवस्था निकै कठिन बन्दै गएको आईएमएफले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वर्ष २०२२–२३ को लागि भारतको आर्थिक वृद्धि प्रक्षेपण ८.२ प्रतिशतबाट ७.४ प्रतिशतमा झारेको छ । विश्वव्यापी कारक र कडा मौद्रिक नीतिको प्रभावका कारण भारतको आर्थिक वृद्धिदर न्यून रहन सक्ने बताएको छ । तर, यो आरबीआईको अनुमानभन्दा अलि बढी हो ।

आरबीआइले चालु आर्थिक वर्षमा ७.२ प्रतिशतले जीडीपी वृद्धि हुने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष अर्थात् २०२३–२४ मा भारतीय अर्थतन्त्र ६.१ प्रतिशतको दरले वृद्धि हुने अपेक्षा गरिएको छ । आइएमएफले भारतीय अर्थतन्त्र चीन र अमेरिकाको तुलनामा तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको जनाएको छ । आर्थिक वृद्धिको प्रक्षेपण घटाए पनि भारतीय अर्थतन्त्र सन् २०२२–२३ र २०२३–२४ मा विश्वको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL