Logo

२० वर्षमा पहिलोपटक अमेरिकी डलर बराबर आयो युरोको भाउ, किन खराब बन्यो युरोपेली मुद्रा ?

२० वर्षमा पहिलोपटक अमेरिकी डलर बराबर आयो युरोको भाउ, किन खराब बन्यो युरोपेली मुद्रा ?



काठमाडौं । युरोपेली संघको साझा मुद्रा यूरोको मूल्य यस वर्ष करिब १२ प्रतिशतले घटेको छ र यसको विनिमय दर २० वर्षमा पहिलो पटक अमेरिकी डलरको बराबर पुगेको छ । दुई मुद्राहरू बीचको भिन्नता एक सेन्ट भन्दा कम छ । सोमबार, यूरोको मूल्य लगभग १.००४ आएको छ ।

laxmi

मुद्रास्फीति र रूस–युक्रेन युद्धका कारण ऊर्जा आपूर्तिमा अनिश्चितताका कारण युरोपमा मन्दीको डर बढेको छ । यसको कारण यूरोको मूल्यमा तीव्र गिरावट आएको हो । युद्ध अघि, इयुको ४० प्रतिशत ग्यास रूसबाट आएको थियो । तर, अहिले यो अवस्था फेरिएको छ ।

युरोपेली देशहरूले रुसको तेल र ग्यासमाथिको आफ्नो निर्भरता कम गर्न काम गरिरहेका छन् । यसैबीच, रुसले युरोपेली केही देशलाई ग्यासको आपूर्तिमा पनि कटौती गरेको छ । भर्खरै, उसले नर्ड स्ट्रिम पाइपलाइनबाट जर्मनीमा ६० प्रतिशतले ग्यास आपूर्ति कटौती गरेको छ । ऊर्जा सङ्कटसँगै युरोप पनि आर्थिक मन्दीको अवधिबाट गुज्रिरहेको छ । युरोपेली केन्द्रीय बैंकले मुद्रास्फीतिलाई नियन्त्रण गर्न यसै महिना ब्याजदर बढाउने संकेत गरेको छ । सन् २०११ पछि युरोपको केन्द्रीय बैंकले ब्याजदर बढाउने लागेको यो पहिलो पटक हो ।

३० वर्षमा पहिलो पटक जर्मनीको घाटा

यूरोजोनको मुद्रास्फीति दर ८.६% छ । जर्मनीको सन् १९९१ पछि पहिलो पटक व्यापार घाटा भएको छ । किनभने तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ र आपूर्ति श्रृंखला अवरोधहरूले आयातको लागत बढेको छ । अमेरिकी फेड रिजर्भलगायत धेरै देशका रिजर्भ बैंकले ब्याजदर बढाएको विज्ञहरू बताउँछन् । एकै समयमा, आर्थिक वृद्धि सुस्त छ । यसले युरोमा थप दबाब पर्न सक्छ । यसले लगानीकर्ताहरूलाई सुरक्षित लगानीको लागि अमेरिकी डलरमा फर्कन प्रोत्साहित गरेको छ ।

अमेरिकी फेडरल रिजर्भले भर्खरै ब्याज दर ७५ आधार बिन्दुले बढाएको छ र यो महिना थप वृद्धि भएको संकेत गरेको छ । ड्यूचे ग्लोबलका एफएक्स अनुसन्धान प्रमुख जर्ज साराभेलोसले गत हप्ता एउटा नोटमा भनेका थिए कि यदि युरोप र अमेरिका मन्दीको चपेटामा परे अमेरिकी डलरप्रतिको प्रवृत्ति बढ्नेछ । उनले युरोको मूल्य ०.९५ डलरबाट ०.९७ डलरसम्म जान सक्ने बताए । युरोप भ्रमण गर्ने योजना बनाएका अमेरिकीहरूका लागि यो राम्रो समाचार हुन सक्छ, तर आर्थिक विश्वव्यापी स्थिरताका लागि यो राम्रो समाचार होइन । अनुवाद गरिएो

प्रतिक्रिया दिनुहोस्
MBL