Logo

यसरी हुँदैछ संसदमा विनियोजन विधेयकमाथि छलफल (लाइभ)

यसरी हुँदैछ संसदमा विनियोजन विधेयकमाथि छलफल (लाइभ)



काठमाडौं । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)सम्बन्धिको प्रस्तावमा आजदेखि छलफल सुरु भएको हो ।

laxmi

उक्त छलफलमा उचित सुझावहरु संकलन गरिने बताईएको छ । सोही अनुसार उक्त छलफलमा बोल्दै नेकपा एमालेका नेता योगेश भट्टराईले पेट्रोलियमसँगै अत्यावश्यक वस्तुको मूल्यवृद्धि नियन्त्रण बजेटको प्राथमिकतामा नपरेको टिप्पणी गरेका छन् । उनले सर्वसाधारणको चुलोसम्मै असर पार्ने यस्ता बिषयमा सरकारको ध्यान पुग्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL