Logo

विरोधकाबीच संसदबाट विनियोजन विद्येयक २०७८ पारित, राष्ट्र ऋण उठाउने विद्येयक पनि पारित

विरोधकाबीच संसदबाट विनियोजन विद्येयक २०७८ पारित, राष्ट्र ऋण उठाउने विद्येयक पनि पारित



काठमाडौं । संसदबाट विनियोजन विद्येयक २०७८ पारित भएको छ । आईतबार (आज) बसेको संसदले विनियोजन विद्येयक २०७८ लाई बहुतमले पारित गरेको सभामुख अग्नी सापकोटाले जानकारी दिएका हुन् ।

laxmi

प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका विरोधका बाबजुद पनि अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विद्येयक २०७८ पारितका लागि संसद समक्ष पेश गरेका थिए । सो विद्येयकलाई संसदको बहुमत सदस्यले पारित गरेसँगै उक्त विद्येयक ऐनमा परिणत भएको हो ।

अब उक्त विद्येयकलाई राष्ट्रियसभामा पठाईने छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएसँगै त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको सरकार सटडाउनको अवस्था अन्त्य हुनेछ ।

यस अघि संसदबाट उक्त विद्येयक पारित हुन नसक्दा देशमा पहिलो पटक सरकार सटडाउनमा परेको थियो । जस अनुरुप सरकार खर्च गर्नबाट बञ्चित हुन पुगेको थियो । तर आज बसेको संसदबाट बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने खुल्ने भएको छ । साथै संसदबाट राष्ट्र ऋण उठाउने विद्येयक २०७८ समेत पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL