Logo

कोरोना महामारीबीच फैलियो अर्को संक्रमण, कुखुराको मासु नखान आग्रह

कोरोना महामारीबीच फैलियो अर्को संक्रमण, कुखुराको मासु नखान आग्रह



काठमाडौं । अमेरिकामा कोरोना महामारीकै बीच ‘साल्मोनेला’ नामक अर्को संक्रमण फैलिएको छ । अमेरिकास्थित रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले यसको संक्रमणबाट बच्नका लागि कुखुराजन्य पदार्थ र पोल्ट्रीबाट पनि टाढा रहन निर्देशन दिएको छ ।

laxmi

सीडीसीका अुनसार अमेरिकाका ४३ प्रान्तका १ सय ६३ जनामा कोरोना संक्रमण पश्चात साल्मोनेला संक्रमण देखिएको छ । जुन पोल्ट्री व्यवसायसँग सम्बन्धित व्यक्तिमा बढी देखिन्छ । सीडीसीले कुनै पनि चराचुरुंगीहरुलाई आफुनजिक आउन नदिने निर्देशन दिएको छ । कुखुरा, हाँसलगायत चराहरु स्वस्थ देखिँदा देखिँदै पनि साल्मोनेला बोक्ने गरेको हुनसक्ने विज्ञहरु बताउँछन् । जसले यसको संक्रमण फैलाउन ठुलो सहयोग पुर्याउँछन् ।

उक्त संक्रमण पश्चात ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्ने र उल्टी हुनेलगायतका लक्षण देखा पर्दछन् । धेरैजसो मानिसहरु यसको उपचारबाट निको भएको देखिन्छ । तर, केही मानिसहरुको भने यसैका कारण मृत्यु भएको पनि सीडीसीले जानकारी दिएको छ ।

सीडीसीका अनुसार महामारीकै अवधिमा ५ बर्ष मुनिका एक तिहाइ बालबच्चाहरुमा यसको संक्रमण देखिएको थियो । यसैका कारण ३४ जना मानिसहरु अस्पताल पुगेका थिए । सीडीसीले यसबाट बच्न राम्रोसँग हात धुने, बच्चाबच्चीलाई चराचुरुंगी छुन नदिनेलगायतका त्रियाकलाप अपनाउन आग्रह गरेको छ ।

यसका जीवाणूहरु नपकाएको मासु, अण्डालगायत खाने कुरामा पाइने गर्छन् । अमेरिकामा प्रतिबर्ष १३ लाख बढी मानिसहरुमा यो संक्रमण देखिन्छ र त्यसमध्ये ४ सय २० जनाको मृत्यु हुने गर्छ ।-अन्तरराष्ट्रिय सञ्चारमाध्यमको समाचारमा आधारित अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL