Logo

१७ औं संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ भोलि, चार टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

१७ औं संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ भोलि, चार टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसारण हुने



काठमाडौं । १७ औं संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ चार टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानल एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने भएको हो । कोरोना महामारीका भर्चुअल रुपमा आयोजना हुन लागेको हो ।

यसका साथै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिने आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ । यस्तै त्रिपुरेश्वरस्थिति वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिने बताईएको छ ।

कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुने मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले बताए । भर्चुअल रूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ ।

अवार्ड मंगलवार (पुस २८ गते) ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे शुरु हुनेछ ।

पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL