Logo

अन्ततः काठमाडौं उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली हट्दैं, एकदुई दिनमै निर्णय आउने

अन्ततः काठमाडौं उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली हट्दैं, एकदुई दिनमै निर्णय आउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सवारी साधनमा लगाइएको जोर–विजोर प्रणाली अन्ततः हट्ने भएको छ ।

laxmi

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समय जोर–विजोर प्रणालीको प्रभावकारिता कम हुँदै गएपछि हटाउने तयारी गरिएको हो ।

जारी जोर–विजोर प्रणाली हटाउने विषयमा सम्बन्धित निकायसँगै महाशाखाले छलफल थालेको र अब एक–दुई दिनमै जोर–विजोर प्रणाली हटाउने विषयमा निर्णय हुने बताइएको छ ।

पछिल्लो समय जनताको आलोचना, यातायात व्यवसायीको गुनासो तथा यातायात मजदूरको रोजीरोटीसमेत रहेकोले सबै सवारी साधन चल्न दिन दबाब श्रृजना हुँदै गएपछि जोर–विजोर प्रणालीको प्र विकल्पको बारेमा ट्राफिक महाशाखाले छलफल थालेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले गत वर्षको चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी (लकडाउन) घोषणा गरेको थियो । साउन पहिलो सातादेखि लकडाउन खुकुलो भएसँगै सवारीका साधन पनि निर्वाध गुड्न थालेका थिए । तर, काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना संक्रमण दर बढेपछि पुनः निषेधाज्ञा जारी गरिएको थियो ।

निधेधाज्ञा खुकुलो भएपनि गत भदौ २५ गते यता सवारी साधनमा जोर–विजोर प्रणाली लागु गरिएको थियो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा चल्ने सवारी साधनमा जोर–विजोर प्रणाली अपनाउने निर्णय गरेको थियो ।

तर, पछिल्लो समय जोर–विजोर प्रणाली प्रभावकारी कार्यान्वयन भने हुन छाडेको थियो । विहानीको समयमा चल्ने सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागू गर्ने गरिएपनि दिउँसोको समयमा भने प्राय सबै सवारी–साधन निर्वाधरुपमा चल्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाि विजोर प्रणाली हटाउने सन्दर्भमा अहिले गृह मन्त्रालयसँग पनि छलफल चलिरहेको जानकारी दिएको । गृह मन्त्रालयबाट राय लिएर जोर–विजोर प्रणाली हटाउने सम्बन्धमा निर्णय हुने काठमाडौं प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL