Logo

जियोनिले ल्यायो इलाइफ इ८, २४ मेगापिक्सलको क्यामरा

जियोनिले ल्यायो इलाइफ इ८, २४ मेगापिक्सलको क्यामरा


बिजखबर संवाददाता
0
Shares

जियोनिले उत्कृष्ट क्यामेरा फोन इलाइफ इ ८ बजारमा ल्याएको छ । यो फोनमा ० दशमलव २ सेकेन्डको अत्यन्त छिटो फोकस भएको २४ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

फोनमा क्यामेराको लागि भनेर डेडिकेटेड बटन राखिएको छ । ३ एक्ससम्मको लसलेस जुम क्षमता भएको यसमा २ गिगाहर्ज ६४–बिटको अक्टा–कोर प्रोसेसर रहेको छ । मेमोरीको लागि इ एटमा ३ जीबी ¥याम र ६४ जी बि रोम रहेको छ । डुअल सिम, ३५ सय एमएएचको ब्याट्री, एन्ड्रोइड ५.१ ललिपप यो फोनको विशेषता हुन् । इ एटमा फिंगर प्रिन्ट स्क्यानर पनि छ ।

यसैबीच जीयोनीले ताम्राकार कम्प्लेक्समा दोस्रो एक्सक्लुसिभ शोरुम स्थापना गरेको छ । सो शोरुमको मिस नेपाल इभाना मानन्धरले उद्घघाटन गरिन् ।
यस शोरुममा जियोनिका सम्पूर्ण मोडेलहरु उपलब्ध हुनेछन् ।

दशैं तिहारको अवसरमा हाल बजारमा जियोनिको “गेट स्मार्ट“ क्यास ब्याक अफर पनि उपलब्ध छ जस अन्तर्गत ग्राहकवर्गले इलाइफ एस सेवेन, म्याराथन एम ५ र म्याराथन एम ३ मा क्यास ब्याकको प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL