Logo

विश्व बैंकले दिने १८ अर्ब सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय, यस्ता छन् बैठकले गरेका १९ निर्णय

विश्व बैंकले दिने १८ अर्ब सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय, यस्ता छन् बैठकले गरेका १९ निर्णय



काठमाडौं ।  सरकारले विश्व बैंकले दिने १८ अर्ब सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ऋण स्वीकार्ने सहितका निर्णयहरु गरेको हो ।

laxmi

सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचना प्रविधि मन्त्री पार्बत गुरुङले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषदका दुई बैठकको निर्णय सार्बजनिक गरेका हुन् ।

त्यस्तै बैठकले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त कार्यविधिले कोभिडको कारण समस्यामा परेका नागरिकहरुलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने गर्दछ । उक्त कार्यविधि आजैबाट लागू हुनेछ ।

त्यस्तै बैठकले सहलगानीसम्बन्धी कार्यविधि स्वीकृति गरेको छ । नेपालको संविधान बमोजिम तिनै तहको सरकारको सहकार्यको आधारमा पूर्वाधार निर्माणलाई कार्यान्यन गर्नेछ ।

त्यस्तै गैरकानुनी रुपमा नेपाल बसेका विदेशी नागरिकहरुलाई निस्काशन गर्ने निर्णय गरेको छ ।

साथै बैठकले सुरक्षित विमानस्थलका लागि जग्गा अधिकरण गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाली सेनाका सहायक रथीद्वय सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषदले मदन भण्डारी विश्वविधालयमा अधिकृत स्तरका दुइ अस्थायी पदको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL