Logo

आईतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ३२६ जनाले जिते कोरोना

आईतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ३२६ जनाले जिते कोरोना



काठमाडौं । आइतबार नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ जना पुगेको छ।

यस्तै आज २ हजार ३ सय २६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको मन्त्रालयले जनाएको छ। थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL