Logo

उपत्यकामा बिहीबारदेखि सुपथ मूल्य पसल संचालनमा, कति छुटमा पाईँदैछ खाद्य वस्तु ?

उपत्यकामा बिहीबारदेखि सुपथ मूल्य पसल संचालनमा, कति छुटमा पाईँदैछ खाद्य वस्तु ?



काठमाडौं । सरकारले बिहीबारदेखि संचालनमा आउने सुपथ मूल्य पसलमा दैनिक खाद्य बस्तुको मूल्य र छुट सार्वजनिक गरेको छ । बुधबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नुन, चिनी, घ्यु, मासुलगायत खाद्य वस्तुको न्युनतम मूल्य र छुट सार्वजनिक गरेको हो ।

laxmi

मन्त्रालयको रोहबरमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनले उपत्यकाका विभिन्न स्थानमा बिहीबारदेखि उक्त पसल संचालनमा ल्याईनेछ । जसअनुसार उपत्यकाका कालिमाटी, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नक्खु, प्रयागपोखरी र जावलाखेलमा उक्त पसलहरु संचालनमा ल्याउने भएको छ ।

उक्त पसलहरुमा नुन प्रतिकेजी १८ रुपैयाँ, चिनी प्रतिकेजी, ७० रुपैयाँ र घ्यु प्रतिलिटर ८ सय ७० रुपैयाँ तोकिएको छ ।

साथै उक्त कम्पनीहरुद्वारा संचालित पसलहरुमा चामल, दाल, फापर, तितेफापर, केराउ प्रतिकेजी ५ रुपैयाँ छुटमा पाईनेछ भने गेडागुडी र मासु प्रतिकेजी १० रुपैयाँ छुटमा पाईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL