Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो, यस्ता छन् बैठकले गरेका निर्णयहरु

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो, यस्ता छन् बैठकले गरेका निर्णयहरु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा डाकेको मन्त्रिपरिषदको वैठक सामान्य निर्णयहरु गर्दै सकिएको छ । मन्त्रिमण्डल फेरबदलको चर्चा चलिरहेका बेला प्रधानमन्त्री निवसा बालुवाटारमा आकस्मिक रुपमा बोलाइएको भनिएको बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा। दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । यस्तै वैठकले इजरायलयका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको छ ।

अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रमसम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो । यस्तै अब नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ ।

नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको बताइएको छ ।

बैठक आकस्मिक रुपमा आज राखिए पनि कुनै त्यस्तो विशेष प्रस्ताव नभएको र बैठक नियमित विषयहरुमै केन्द्रित रहेको वैठकमा सहभागी एक मन्त्रीले बताएका छन् । आकस्मिक रुपमा मन्त्रिपरिषद वैठक डाकिएका कारण नेपाली राजनीति क्षेत्रमा निकै चासो बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL