Logo

चौधरी ग्रूपले हस्तान्तरण गर्यो १ सय १८ घर, दशै अघि १ हजार घर हस्तातरण गरिने

चौधरी ग्रूपले हस्तान्तरण गर्यो १ सय १८ घर, दशै अघि १ हजार घर हस्तातरण गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० असोज, काठमाडौं । चौधरी फाउण्डेशनले  सिन्धुपाल्चोकका भुकम्प पिडितलाई १ सय १८ वटा घर हस्तान्तरण गरेको छ । फाउण्डेशनका अध्यक्ष विनोदकुमार चौधरीले सिन्धुपाल्चोकको भीमटार गाविसका जनतालाई शनिबार एक कार्यक्रमबीच उक्त ‘ट्रान्जिसनल घर’ हस्तान्तरण गरेका हुन् । ‘भुकम्प पिडितलाई स्थायी घर बनाएर दिने योजना भएपनि सरकारी नीति नियमले गर्दा ट्रान्जिसनल घर दिन वाध्य भएका छौं,’ उनले भने, ‘स्थायी घर सरकारले नै बनाइदिने र त्यसको जिम्मा निजी क्षेत्रलाई नदिने भएकाले यस्ता घर बनाएका हौं ।’ हाल आफुहरुले बनाएका घर पनि ५÷७ वर्षका लागि आरामसँग बस्न मिल्ने उनको दावी थियो ।

https://i0.wp.com/139.180.217.87/wp-content/uploads/2015/09/surut-samaj.jpg?resize=600%2C376&ssl=1
https://139.180.217.87/wp-content/uploads/2015/09/surut-samaj.jpg

 

कार्यक्रममा अध्यक्ष चौधरीले हालसम्म आफुहरुले विभिन्न स्थानमा ७ सय घर हस्तान्तरण गरिसकेको बताउँदै दशै अघि १ हजार घर हस्तान्तरण गरिने जानकारी दिए । ‘यस अघि चौधरी ग्रूपले भुकम्प पिडितका लागि १० हजार ट्रान्जिसनल घर बनाएर हस्तान्तरण गर्ने उद्घोष गरेका थियौं,’ उनले भने, ‘त्यसमध्ये १ हजार घर सीजी ग्रूपले बनाउने छ भने अन्य ९ हजार घर दातृ निकायको सहयोगमा बनाइदिने छौं ।’

binod-india

शनिवार हस्तान्तरण गरिएका १ सय १८ घर पनि चौधरी फाउण्डेशनले  भारतको सुरत मानव सेवा समितिको आर्थिक सहयोगमा बनाएको थियो । यसको संयोजन गर्ने काम भने माहेश्वरी समाज काठमाडौंले गरेको थियो ।

cg-group

कार्यक्रममा मानव सेवा समाजका अध्यक्ष भरत भाइ शाहले भुकम्प पिडितलाई आफुहरुले पहिलो चरणको सहयोग गरेको र अन्य काम सम्बन्धित व्यक्तिले गर्नुपर्ने बताए । ‘आफ्ना वालवच्चाहरुलाई राम्रो शिक्षा दिनुस उनीहरुले नै तपाइहरुको भविश्य निर्माण गर्नेछन्,’ उनले भने । आफुहरुले ट्रान्जिसनल घर बनाइदिएको र पक्की घर आफैले बनाउन समेत उनले आग्रह गरे ।

binod-chaudari

माहेश्वरी समाजले हिजै सिन्धुपाल्चोकको इन्द्रावतीमा १५ सीट क्षमताको सामुदायिक स्वास्थ्य केन्द्र बनाएर हस्तान्तरण गरेको छ ।

चौधरी फाउण्डेशनले यस अघि काभ्रेको दोलालघाट, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको चाँगुनारायण, ललितपुरको बरुङचुली र लोकुण्डोलका भुकम्पपिडिलाई सीजी आश्रण हस्तान्तरण गरेको थियो । निकट भविश्यमै सिन्धुपाल्चोकको जलविरे, रामेछाप, दोलखा, गोर्खा र धादिङमा भुकम्प पिडितलाई ट्रान्जिसनल घरहरु हस्तान्तरण गरिने चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL