Logo

बुधबार थपिए ४८४ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै १३९ जनामा संक्रमण पुष्टि

बुधबार थपिए ४८४ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै १३९ जनामा संक्रमण पुष्टि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

laxmi

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४ सय ३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ । यस्तै आजै काठमाडौं उपत्यकामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १ सय ९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL