Logo

अध्यक्ष नेम्वाङले गरे संविधान प्रमाणीकरण, आइतबार सार्वजनिक हुँदै

अध्यक्ष नेम्वाङले गरे संविधान प्रमाणीकरण, आइतबार सार्वजनिक हुँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१ असोज,काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान २०७२ मा हस्ताक्षर सहित प्रमाणीकरण गरेका छन् । शुक्रवार संविधानसमाको ल्होत्से हलमा आयोजित एक समारोहमा संविधानसभाबाट पारित भएको संविधानलाई अध्यक्ष नेम्वाङले प्रमाणिकरण गरेका हुन् ।

सो समारोहमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु सहभागी थिए । संविधानसभाले संविधान प्रमाणीकरण गरेपछि अब प्रकाशन हुनेछ ।

प्रमाणीकरण गरिएका ५ प्रति नेपाली कागजमा छापिएका संविधानमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयको अभिलेखमा राखिनेछ । आइतबार नेपालको संविधान २०७२ सार्बजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL