Logo

आईएमईको ‘आईएमई वचत १० लाख’ योजना, असोज १ गतेदेखि लागू

आईएमईको ‘आईएमई वचत १० लाख’ योजना, असोज १ गतेदेखि लागू


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३१ भदौं, काठमाडौं । आईएमईले विजया दशमी तथा शुभ दीपावली लक्षित ‘आईएमई बचत १० लाख’ योजना ल्याएको छ । आफ्ना सेवाग्राहीलाई लक्षित गरी उक्त प्रवद्र्धनात्मक योजना ल्याइएको कम्पनीले जनाएको छ ।

सो योजना असोज १ गते देखि कात्तिक ३० सम्मका लागि लागू हुने छ । सो अवधिभ नेपालमा रहेका आइएमईका १ सय ३५ सेन्टर सहित ३ हजार ७ सय भन्दाबढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तिय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् ।

यस योजनाबाट श्रम एवं विभिन्न उदेश्यले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नोे कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्न सक्नेछन् । यो योजनामा स्वदेश वा विदेशबाट आईएमई गर्नेको हकमा दैनिक लक्की ड्र मा विजयी हुनेलाई रु. ५ हजार, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई रु. ५० हजार पुरस्कारको वचत खाता र बम्पर लक्की ड्र« मा विजयी हुने एक भाग्यशाली विजेतालाई १० लाख रुपैयाँको मुद्दती खाता खोल्ने अवसर प्रदान गरिनेछ । योजनामा पैसा पठाउनु हुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेरका माघ्यमबाट बिजेता छानिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL