Logo

जारी लकडाउनबारे मन्त्रिपरिषद्ले आज निर्णय लिने : हवाई उडानबारे अन्यौल, होटल तथा रेष्टुरेन्ट खोल्न दिइने

जारी लकडाउनबारे मन्त्रिपरिषद्ले आज निर्णय लिने : हवाई उडानबारे अन्यौल, होटल तथा रेष्टुरेन्ट खोल्न दिइने



काठमाडौं । सरकारले जारी लकडाउनबारे आज निर्णय गर्ने भएको छ । आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए । हाल ७ साउनसम्मका लागि रहेको लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा भने परिवर्तन हुनेछ । विगतमा भन्दा लकडाउन केही खुकुलो बनाइने स्रोतले जानकारी दिएको छ ।

laxmi

यसअघि आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचाबारे प्रस्ताव तयार गरेको बताइएको छ र यसलाई मन्त्रिपरिषदमा निर्णयका लागि लगिने छ । सीसीएमसी सचिवालयका संयोजक समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले ७ साउन पछि लकडाउनको ढाँचाबारे सुझाव संकलन गरी छलफल भइरहेको जानकारी दिए । नयाँ ढाँचामा रोकथामको उपायसहित विभिन्न क्षेत्र विस्तारै खोल्न दिने तयारी भएको छ । यसपटक होटल तथा रेष्टुँराहरु निश्चित मापदण्डसहित खोल्न दिइने छ ।

शैक्षिक संस्थाहरु विभिन्न समुहमा आलोपालो गरी खोल्नेबारे पनि छलफल बढाइएको स्रोतले जानकारी दिएको छ । मनोरञ्जन स्थल र शैक्षिक संघसंस्थाहरु अझै केही समय बन्द राखिनेछन् । सार्वजनिक यातायातहरु आधा सिटमा सञ्चालनमा आएका छन् । उद्दोग व्यवसाय पनि सञ्चालन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL