Logo

पर्यटन पुनर्जीवनका लागि साझा प्रयास खाँचो, वैकल्पिक पर्यटन विकासमा ध्यान दिनुपर्ने

पर्यटन पुनर्जीवनका लागि साझा प्रयास खाँचो, वैकल्पिक पर्यटन विकासमा ध्यान दिनुपर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२३ भदौ,काठमाडौं । नेपालको पर्यटन उद्योगको पुनर्जीवनका लागि साझा प्रयासको खाँचो भएको पर्यटन विज्ञहरुले औंल्याएका छन्।

यसका लागि सरकार, पर्यटनकर्मी, आतिथ्य सत्कार शिक्षासँग सम्बन्धित क्षेत्र र सम्बद्ध क्षेत्रका अन्य सरोकारवालाहरूले एकीकृत पहलकदमी अघि सार्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

विश्व साक्षरता दिवसका अवसरमा ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)द्वारा आज आयोजित ‘नेपाली पर्यटनको पुनर्जीवन’ विषयक अन्तरसंवादमा यस्तो बताएका हुन् ।

सो अवसरमा पर्यटनविज्ञ प्राडा रमेशराज कुँवरले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रबद्र्धनका लागि यतिखेर सकारात्मक सन्देशहरूको प्रवाहसँगै नयाँ पर्यटकीय उत्पादन तथा गन्तव्यको विकास पनि हुनुपर्ने खाँचो औंल्याए ।
‘अहिले हामीले परम्परागत पर्यटन उत्पादनहरूमाथि भर परेर हुँदैन, उनले भने, ‘वैकल्पिक पर्यटन विकासमा ध्यान दिनैपर्ने बेला भएको छ ।’

उनले तेस्रो विश्वमै वैकल्पिक पर्यटनको अवधारणाले अहिले गति पाइरहेको उल्लेख गरे । साथै नेपालले समेत यसलाई व्यवहारिक धरातलमा उतारेर पर्यटन क्षेत्रको विकासका लागि दिगो कदम चाल्न सक्ने बताए ।

सो अवसरमा गेट कलेजका अध्यक्ष प्रा.डा. मिनासिंह खड्काले नेपालमा पर्यटन क्षेत्रमा दक्षजनशक्तिको अभाव रहेकोले कलेजले त्यो अभावपूर्तिका लागि गुणस्तरीय शिक्षित जनशक्ति तयार पार्नमा जोड दिइरहेको बताए

प्रतिक्रिया दिनुहोस्
MBL