Logo

एनटीभीमा खुल्यो रोजगारी, ४३ कर्मचारीका लागि आवेदन माग

एनटीभीमा खुल्यो रोजगारी, ४३ कर्मचारीका लागि आवेदन माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ भदौ,काठमाडौं । नेपाल टेलिभिजनले विभिन्न पदमा ४३ जना कर्मचारीको लागि आवेदन माग गरेको छ ।

आवेदनमा तह ६ समाचार सम्पादकको लागि ३ जनाको आवेदन मागिएकोमा २ जना खुल्ला तर्फ र १ जना महिलाको लागि दरखास्त आव्हान गरिएको छ । त्यस्तै तह ६ मा प्रशाशन अधिकृतको लागि १ जना मागिएको छ । तह ५ वरिष्ठ सहायक प्राविधिकको लागि इन्जिनियरिङ तर्फ ६ जनाको दरखास्त आव्हान गरिएको छ । ५ तहका लागि मागिएको वरिष्ठ सहायकको आवेदकले मान्यता प्राप्त संस्थाबाट रेडियो एण्ड इलेक्ट्रिमेनिक्स वा इलेक्ट्रिक विषय लिई इन्जिनियरिङमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने बताइएको छ ।
तह ५ अन्तर्गत नै वरिष्ठ सहायक लेखामा २ जनाको आवेदन माग गरिएको छ । यसका लागि आवेदकले व्यवस्थापन विषयमा प्रविणतापत्र वा सोसरह पास गरेको हुनुपर्ने छ ।
तह ५ अन्तर्गत वरिष्ठ सहायक क्यामरामेनको लागि पनि ४ जना माग गरिएको छ ।

त्यस्तै वरिष्ठ सहायक ध्वनिनियन्त्रक तह ५ को लागि ४ जना र वरिष्ठ सहायक दृश्य सम्पादकको लागि ५ जना, वरिष्ठ सहायक कम्प्युटर अपरेटरको लागि १ जना मागिएको हो ।
सहायक प्राविधि तह ४ को लागि ८ जनाको आवेदन मागिएको छ । खुला तर्फ ४, महिला २ तथा आदिवासी जनजाति र मधेसी ११ जनाको उम्मेदवारी मागिएको छ ।

त्यस्तै सहायक लेखाको लागि २ तथा सहायक प्रशासनको लागि ६ जनाको आवेदन माग गरिएको छ । खुला तर्फ ३, महिला, आदिवासी जनजाति र मधेसी ११ जनाको उम्मेदवारी मागिएको छ । यसमा आवेदकले मान्यता प्राप्त शिक्षणसंस्थाबाट एसएलसी वा सोसरह उत्तीर्ण गर्नुका साथै कम्पयुटर सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने नेपाल टेलिभिजनले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL