Logo

तराइ बन्दप्रति उवामहासंघको भत्सर्ना, वार्ता र संवादबाट समस्याको निकास खोज्न आग्रह

तराइ बन्दप्रति उवामहासंघको भत्सर्ना, वार्ता र संवादबाट समस्याको निकास खोज्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२३ भदौ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बन्द,हड्ताल तथा विरोधका कार्यक्रमको भत्र्सना गरेको छ । संविधान निर्माणको अवस्थमा मुलुकलाई अहिलेको संकटबाट माथि उठाउनु पर्ने वेलामा आआफनै माग राखी बन्द गरिएको भन्दै भत्र्सना गरेको हो ।
महासंघले मुलुक भित्रका विभिन्न भागहरुमा महिनौ दिनदेखि जारी बन्दबाट निजी क्षेत्र अत्यन्त हतोत्साहित भएको बताएको छ । बन्द हड्तालले आम जनताको शान्तिपूर्वक जीवनयापन गर्न पाउने अधिकार हनन भएको भन्दै बन्द आयोजक तथा सरकारको देहायका मूलविषयमा विशेष ध्यानाकर्षण गराएको छ ।
बन्द आयोजकबाट अविलम्व बन्द हड्तालका स्वरुप परिवर्तन गर्न महासंघले आग्रह गरेको छ । साथै तत्काल वार्ता र संवादबाट समस्याको निकास खोज्न आग्रह गरेको छ । ‘बन्दले सवै प्रकारका उद्योग व्यवसाय बन्द भई अर्वौको आर्थिक नोक्सान भएको मात्र होइन आर्थिक विकास र समृद्धिको वाटो पहिल्याउने प्रयासमा समेत गम्भीर असर पार्नेछ’ महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघले लाखौं विद्यार्थीहरु पठनपाठनबाट बंचित हुनगई उनीहरुको शैक्षिक भविष्य अन्धकार भएकोमा गुनासो गरेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय जगतमा नेपालवारे नाकारात्मक सन्देश जाने अवस्थ सृजना भएकोमा भिन्ता व्यक्त गरेको छ ।

महासंघले अत्यावश्यक उपभोग्य वस्तुहरुको वजारमा अभाव हुनगई जनताको जीवनजीउने नैसर्गिक अधिकार समेत कुंंठित हुन गएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका, रोजगारी, कर राजस्वमा निजी क्षेत्रको योगदानको उचित कदर गरि उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL