Logo

राजस्व सम्बन्धी इन्फरमेशन सेन्टर र हेल्प डेक्स राख्दै चेम्बर, करको सदुपयोग गर्न माग

राजस्व सम्बन्धी इन्फरमेशन सेन्टर र हेल्प डेक्स राख्दै चेम्बर, करको सदुपयोग गर्न माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ भदौं, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले राजस्व सम्बन्धी जानकारी दिनमा इन्फरमेशन सेन्टर र हेल्प डेक्स स्थापना गर्ने भएको छ । मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सो कुरा बताएका हुन् । ‘हामीले राज्यलाई कति कर बुझायौ भन्ने मात्र होइन हामीले बुझाएको कर केमा खर्च भइरहेको छ भन्ने विषयमा समेत जानकारी पाउनु पर्छ,’ उनले भने ।

chamber

सरकारका विभिन्न नीति नियमले गर्दा उपभोक्तालाई विलबिजक जारी गर्न नसकिएको जानकारी दिँदै आगामी दिनमा सहज रुपमा विबविजक जारी गर्ने वातावरण बनाइदिन समेत आग्रह गरेका छन् । ‘भन्सारमा गरिने न्युन विजकिकरण, उच्च भन्सारमुल्य जस्ता कारणले व्यवसायीले उपभोक्तालाई विलबिजक जारी गर्न सकेका छैनन्,’ उलने भने, ‘आगामी दिनमा व्यवसायीलाई खुला बजार नीति अनुसार स्वतन्त्र व्यवसाय गर्न सक्ने वातावरण बनाइदिनुपर्छ ।’ साथै, उपभोक्तालाई विलबिजक दिने मन हुँदाहुँदै पनि अप्ठ्रा नीतिका कारण दिन नसकिएको उनको गुनासो थियो ।

कार्यक्रममा व्यवसायीहरुले खुला बजार नीति अनुसार आफुहरु चल्न पाउने पर्ने माग गरेका थिए । पछिल्लो सयम सरकारले अनावश्यक रुपमा दुख दिइरहेको समेत उनीहरुको गुनासो थियो । साथै सरकाले व्यवसायीलाई सहज रुपमा आयकर तिर्ने वातावरण बनाइदिनुपर्ने रत्न तथा सुनचाँदी आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL