Logo

त्रिपाल खरिदको ११ करोड भुक्तानी नदिन अख्तियारको निर्देशन, आपूर्तिकर्ता नै जिम्मेवार

त्रिपाल खरिदको ११ करोड भुक्तानी नदिन अख्तियारको निर्देशन, आपूर्तिकर्ता नै जिम्मेवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

भदौं २१, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुकम्पका वेला खरिद गरिएका त्रिपालको भुक्तानी नदिन निर्देशन दिएको छ । भुकम्पको वेला बैंशाख २० गते पश्चात खरिद गरिएका त्रिपालहरु तोकिए बमोजिको गुणस्तर नभएको भन्दै आपूर्तिकर्तालाई भुक्तानी नदिन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

खरिद गरिएको मध्ये कुल ८३ हजार २१ थान त्रिपालको ११ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी नदिन मन्त्रालयलाई निर्देशन दिइएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले बताए । ‘अनुसन्धानका क्रममा भुकम्पका बेला खरिद गरिएका प्रायःजसो त्रिपालहरु गुणस्तरहिन भएको पायौं,’ उनले भने, ‘उनीहरुले कोटेशनमा उल्लेख गरेभन्दा निकै कम गुणस्तका त्रिपाल उपलब्ध गराएकाले भुक्तानी नदिन निर्देशन दिएका हौं ।’

प्रवक्ता पुष्करका अनुसार अख्तियारले ५ वटा आपूर्तिकर्ताले खरिद गरेको त्रिपालको रकम भुक्तानी नदिन निर्देशन दिएको हो । जसमा बानियाँ ट्रेडर्श, बाबा इन्टरप्राइजेज, एसपि इन्टरप्राइजेज, रकी इन्टरप्राइजेज र हिमशिखर सप्लायर्श रहेका छन् । उनीहरुबाट मन्त्रालयले विभिन्न मितिमा ११ करोड २६ लाख रुपैयाँ बरावरको त्रिपाल खरिद गरेको थियो । मन्त्रालयले सम्झौता भन्दा बढी त्रिपाल खरिद गरेको समेत भेटिएको अख्तियारले जानकारी दिएको छ । साथै, सम्झौता अनुसार तोकिएभन्दा कम गुणस्तरका त्रिपाल भेटिएमा त्यसको जवाफदेही सम्बन्धित आपूर्तिकर्ता नै हुने भनिएको छ ।

को हुन कम गुणस्तरका आयात गर्ने आपूर्तिकर्ता ?

tripal

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL