Logo

पेट्रोलियम पदार्थसँगै गाडीभाडा पनि स्वतः घटवढ हुने, चाडवाडको वेला बजार अनुगमन गर्न निर्देशन

पेट्रोलियम पदार्थसँगै गाडीभाडा पनि स्वतः घटवढ हुने, चाडवाडको वेला बजार अनुगमन गर्न निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ भदौं, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटबढ हुदा सार्वजनिक सवारी साधानको भाडा पनि स्वतः समायोजन हुने भएको छ । सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न मुख्य सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले यस्तो निर्देशन दिएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटिरहदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी सार्वजनिक यातायातको भाडादर घटाउने र पूर्व निर्णयानुसार पेट्रोलियम पदार्थको मूल्य घट्दा स्वचालित रूपमा भाडादर समायोजन हुने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै आसन्न दशै तिहार जस्ता चाढपर्वमा दैनिक उपभोग्य बस्तु सहज गर्ने ब्यवस्था मिलाउन समितिले सम्बन्धित निकाय र अधिकारीलाई निर्देशन पनि दिएको छ ।

यस्तै समितिले नेपालीहरुको महानचाडपर्व नजिकिँदै गदा बजारमा अति आवश्यक खाद्यान्न, इन्धन, यातायात लगायत् अन्य अत्यावश्यकीय वस्तु तथा सेवाको सहज एवं सुलभ आपूर्ति व्यवस्था मिलाउने एवं आपूर्ति व्यवस्था र मूल्यको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL