Logo

गत आव ४ सय २ अर्व राजस्व संकलन, बिलिङलाई प्रभावकारी बनाउन अर्थमन्त्रीको आग्रह

गत आव ४ सय २ अर्व राजस्व संकलन, बिलिङलाई प्रभावकारी बनाउन अर्थमन्त्रीको आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१५ भदौ,काठमाडौं । गत आर्थिक बर्षमा ४ सय २ अर्व ८४ करोड ६४ लाख बराबरको राजस्व संकलन भएको छ । यो अघिल्लो आवको तुलनामा १३ दशमलव ७३ प्रतिशतले बढी हो ।

मंगलवार मन्त्रालयमा आयोजित समिक्षा बैठकमा पेस गरेको प्रतिवेदनले यस्तो देखाएको छ ।

४ सय २२ अर्व ९० करोड राजस्व संकलनको लक्ष्य राखिएको मा करिव २० अर्वभन्दा कम राजस्व संकलन भएको हो ।

राजस्व संकलन मध्ये कर राजस्व बापत ३ सय ५५ अर्व ९४ करोड २९ लाख रहेको छ । यो कुल राजस्व संकलनको ८८ दशमलव ३२ प्रतिशत हो । गैरराजस्व तर्फ ४९ अर्व ९० करोड ३५ लाख संकलन भएको छ ।

सो अवधिमा बार्षिक राजस्वलाई मूल्य अभिबृद्धि करको योगदान सवैभन्दा बढी २७ दशमलव ६९ प्रतिशत छ । त्यस्तै आयकरको २१ दशमलव ८०,भन्सार महसुलको १८ दशमलव ४०, अन्तशुल्कको १३ दशमलव १९ र गैरकर राजस्वको अंश १२ दशमलव ३० प्रतिशत छ । आर्थिक बर्ष २०७० ७१मा मूल्य अभिबृद्धि कर १ सय २१ अर्व ७३ करोड ७ लाख संकलन भएकोमा आर्थिक बर्ष २०७२ ७२मा १ सय १द्द अर्व ३७ करोड ६३ लाख संकलन भएको ।

सो समीक्षा बैठकमा विभागीय प्रमुख र उपत्यका स्थित कार्यालयका प्रमुखहरुलाई निर्देशन दिंदै अर्थ मन्त्री डा. रामशरण महतले विभिन्न प्रतिकूलताका बावजुद पनि राजस्वको लक्ष्य हासिल गर्ने प्रतिवद्धताका साथ काम गर्न आग्रह गरे ।

साथै मूल्यअभिवृद्धि करतर्फ बिलिगंलाई प्रभावकारी बनाउन , इलेक्ट्रोनिक क्यास मेसिनको कार्यान्वयन गर्न, भन्सार मूल्यांकनमा सुधार गर्न, करदाता शिक्षामा जोड दिन , कारोबारमा आधारित करको प्रभावकारी कार्यन्वयन गर्न र कर प्रणालीको सुधार र आधुनिकीकरण गर्न मन्त्री महतले जोड दिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले राजस्व संकलनका लागि सकारात्मक सन्देश प्रवाह हुनुपर्ने बताए ।
यसै गरी अर्थ मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले कार्यसक्षमता अभिवृद्धि गरी राजस्व संकलनको लक्ष्य हासिल गर्न विभागीय प्रमुख तथा कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । सो बैठकमा मन्त्रालयकोतर्फबाट राजस्वको वार्षिक समीक्षा एवं तथ्यांकीय विश्लेषण गरिएको थियो भने विभागिय प्रमुखहरुले आ(आफ्नो विभागको वार्षिक प्रगतिका साथै यस आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए ।

निगमका अनुसार सातामा ३ दिन मंगलबार, बिहीबार र शनिबार उडान बैंग्लोर उडान भर्नेछ ।

बैंग्लोरका लागि निगमले प्रवर्द्धनात्मक भाडादर करसहित १० हजार ९२ रुपैयाँ तोकिएको छ । विदेशी यात्रुले २ हजार २ सय २२ रुपैयाँ तिर्नुपर्छ । बैंग्लोरबाट विदा मनाउन नेपाल आउने र नेपालबाट बैंग्लोर जाने यात्रुहरुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जानकारी दिएको छ । निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दै छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL