Logo

२० दिनदेखि तराइका उद्योग कलकारखाना बन्द, अर्बौंको क्षति

२० दिनदेखि तराइका उद्योग कलकारखाना बन्द, अर्बौंको क्षति


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

१५ भदौं, काठमाडौं । आन्दोलनका कारण तराइका जिल्लाहरु विगत २० दिनदेखि बन्द रहेका छन् । संविधानमा आफ्ना माग राख्दै विभिन्न समुदायले गरेको बन्द कारण हालसम्म उद्योग कलकारखाना खुल्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ । बन्दका कारण उद्योगी व्यवसायीका अर्वौं रुपैयाँको क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघका रोजगारदाता परिषद्का उपसभापति मनिषकुमार अग्रवालले जानकारी दिए । ‘बन्दका कारण कलकारखाना संचालनमा आउन सकेका छैनन् भने कतिपय स्थानमा तोडफोड समेत भएको छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघले दिएको तथ्याङ्क अनुसार विशेषगरी कोशी, मेची, नारायणी, लुम्बिनी र गण्डकी अञ्चलमा बन्दले बढी प्रभाव पारेकोे छ । हाल सिद्धनगर, तौलिहवा, कृष्णनगरजस्ता औद्योगिक तथा व्यापारिक केन्द्रहरु १९ दिनदेखि बन्द रहेका छन् । बन्दका कारण त्यस स्थानामा भारतबाट खाद्य सामग्री ल्याउनु परेको छ । त्यसैगरी, कोशी अञ्चलका प्रायःजसो जिल्लाहरु १७ दिनदेखि बन्दा रहेको महासंघले जानकारी दिएको छ ।

नारायणी अञ्चलको विरगञ्ज, वारा र रौतहट १७ दिनदेखि पुरै बन्द रहेको छ । उक्त स्थानमा आन्दोलनका कारण उद्योग कलकारखाना बन्द हुनुका साथै प्रहरी र आन्दोलनकारीबीच झडप समेत भइरहेको छ ।

यता कैलाली, विरगञ्ज लगायतका स्थानमा पनि बन्दाका कारण ठूलो असर परेको छ । कैलालीमा आन्दोलनका कारण लागेको कफ्र्यु हालसम्म हटेको छैन । हाल लिम्बुवान, मगरात, थारु लगायतले गरेका बन्दका कारण उद्योगकलकारखानामा अर्वो रुपैयाँको क्षति पुगेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

बन्दका कारण उदयपुर, त्रियुगा लगायतका स्थानमा खाद्यान्न समेतको संकट परिसकेको छ । बन्दले खाद्यान्नको ढुवानी नहुँदा जनाताहरु भोकभोकै बस्न वाध्य हुनुपरेको स्थानीयको भनाइ छ । हाल जनपुर, मलङ्गवा लगायतका स्थानमा आर्मीले गस्ती गरिरहेको छ । जसले गर्दा उद्योग कलकारखाना बन्द हुनुका साथै जनजिवन समेत प्रभावित भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL