Logo

आईएमई र नेपाल बंगलादेश बैंकबीच सम्झौता, सहज रुपमा रेमिट्यान्स भित्र्याउन सकिने

आईएमई र नेपाल बंगलादेश बैंकबीच सम्झौता, सहज रुपमा रेमिट्यान्स भित्र्याउन सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ भदौं काठमाडौं । आइएमई लिमिटेड र नेपाल बंगलादेश बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता भएको छ । एक कार्यक्रममा बीच आइएमईका सञ्जाल प्रबद्र्धन प्रमुख एवं प्रबन्धक रुद्रराज पौडेल र नेपाल बंगलादेशका उप–महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै आइएमईका सेवाग्राहीले नेपाल बंगलादेश बैंकका ३१ शाखामार्फत् भुक्तानी लिन एवम् सिधै बैंकको खातामा जम्मा गर्न सक्न सक्नेछन् । साथै ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा संचालित आन्तरिक विप्रेषण सेवा समेत प्राप्त गर्न सकिनेछ ।

हाल आईमईको नेपाल प्रमुख शहर तथा ग्रामीण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ३ हजार ५ सय भन्दा बढी एजेन्ट, १ सय ३५ आइएमई सेन्टर र विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले कमाएको रकम प्राप्त गर्दै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL