Logo

परिमार्जित मस्यौदा माथिको छलफल सकिदै , ३ सय ९३ सभासदले धारणा राखे

परिमार्जित मस्यौदा माथिको छलफल सकिदै , ३ सय ९३ सभासदले धारणा राखे


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१३ भदौ,काठमाडौं । बुधबारदेखि संविधानसभामा जारी संविधानको परिमार्जित मस्यौदा माथिको छलफल आइतबारदेखि सकिदै छ ।

मस्यौदा समितिले बनाएको संविधानसभाको परिमार्जित मस्यौदामा ३ सय ९३ जना सभासदले आफ्नो धारणा राखिसकेका छन् । आइतबार बाँकी सभासद्हरुले आफ्नो धारणा राखेपछि मस्यौदा माथिको छलफल सकिने छ ।

शनिवार प्रत्येक सभासद्लाई ५ मिनेटको समय दिएर धारणा राख्न दिईएको थियो । प्राय सभासदहरुले सबै पक्षको मागलाई सकेजति सम्बोधन गरेर जसरी पनि संविधान जारी गर्नुपर्ने सुझाव दिएका छन् । साथै देशका विभिन्न स्थानमा भइरहेका बन्द ,हड्ताल प्रति सरकारले चासो दिनु पनि माग गरेका थिए । सभासदहरुले असन्तुष्ट पक्षका मागहरुलाई वार्तामार्फत समाधान अनुरोध समेत गरे ।

केही सभासदहरुले संविधानको मस्यौदामा रहेका केहि विषयमा परिमार्जन गर्न माग गरेका छन् ।

सभासद्हरुले आफ्नो धारणा राखिसकेपछि मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले सभासद्हरुको प्रश्नको जवाफ दिने छन् । त्यसपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानको मस्यौदा सच्याउनका लागि केहि दिनको समय उपलब्ध गराउने छन् ।

सभासदहरुले नै संविधानको कुनै विषयमा हेरफेर गर्नु पर्ने भएका संविधानसभा सचिवालयमा छुट्टै संशोधन प्रस्ताव पेश गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL