Logo

इलेक्ट्रिसीयनको बीमा गर्दै ग्लोबल ग्रुप, साथमा ७ अफर

इलेक्ट्रिसीयनको बीमा गर्दै ग्लोबल ग्रुप, साथमा ७ अफर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ भदौ,काठमाडौं । ग्लोबल विजनेश ग्रुपले ग्रपमा आवद्ध  इलेक्ट्रिशियनहरुको बीमा गरिदिने भएको छ । पछिल्लो समय विद्युतीय क्षेत्रमा काम गर्नेहरुको सुरक्षाका सम्बन्धमा चर्चा चल्दै गर्दा ग्रुपले ग्लोबल इन्टरनेशनल ट्रेड लिंकमा आवद्ध इलेक्टिसियनहको जीवन बीमा गरिदिने भएको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरि ग्रुपले करिब १ सय ५० जनाको वार्षिक जीवन बीमा गरिदिन लागेको हो । ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रकाशजंग पन्तले इलेक्ट्रिीसियनको व्यवसायीक सुरक्षा प्रत्याभुत गर्नका लागि ग्रुपले आफ्नै अग्रसरतामा जीवन बीमाका साथमा अन्य ६ वटा योजना अघि सारेको बताए ।

इलेक्ट्रिीसियनहरुले पनि आफुहरुलाई हेर्ने दृष्टिकोण तल्लो स्तरको हुने गरेको भन्दै मर्यादित पहिचानको आवश्यक्तामा जोड दिएका थिए ।

ग्रुपले इलेक्ट्रिीसियनका १० जना बालबालिकालाई छात्रवृत्ति योजना, बिपद् जोखिम योजना, उपहार योजना, भ्रमण योजना, विभिन्न बित्तीय संस्थासंगको सहकार्यमा अनिवार्य बचत योजना र ग्लोबल चाड पर्व योजना सञ्चालन गर्ने ग्रुपका अध्यक्ष चुणामणी कडेलले जानकारी दिए । ग्लोबल विजनेश ग्रुपले विद्युतीय सामग्रीको बिक्रि बितरण तथा डेकोरेशनको काम गर्दै आएको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL