Logo

बजेटबारे तयारी गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

बजेटबारे तयारी गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संसद अधिवेसन बोलाउने बारे छलफल गर्न मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

सरकारले बैशाख अन्तिम सातादेखि संसदको बजेट अधिबेसन बोलाउने तयारी गरेको छ । सोही अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्छ। बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This