Logo

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या डेढ लाख नजिक, निको भएर घर फर्कनेको संख्या साढे ५ लाख

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या डेढ लाख नजिक, निको भएर घर फर्कनेको संख्या साढे ५ लाख



काठमाडौं । विश्वभर कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या २१ लाख ८२ हजार २५ जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभर फैलिएको उक्त भाईरसका कारण संक्रमितको संख्या २२ लाख नजिक पुगेको छ ।

laxmi

कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५ सय १३ जना पुगेको छ भने ५ लाख ४७ हजार ९४ जना उपचार पछि घर फिर्ता भईसकेका छन । वल्र्डोमिटर्सको तथ्याङ्क अनुसार नेपाललगायत उक्त भाईरस विश्वका २ सय १० ओटा देशमा फैलिसकेको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा उक्त भाईरसका कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १७ जना पुगेको छ भने संक्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७० जना पुगेको छ । उपचार पछि घर फर्कनेको संख्या ५७ हजार ५ सय ८ जना रहेको छ ।

त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १९ हजार ३ सय १५ पुगेको छ भने संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ जना पुगेको छ । उपचार पछि घर फर्कनेको संख्या भने ७४ हजार ७ सय ९४ जना रहेको छ । स्पेन पछि रहेको इटालिमा मृत्यु हुनेको संख्या २२ हजार १ सय ७० पुगेको छ भने संक्रमितको संख्या १ लाख ६८ हजार ९ सय ४१ जना रहेको छ । उपचार पछि घर फर्कनेको संख्या भने ४० हजार १ सय ६४ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

चौथो नम्बरमा रहेको फ्रान्समा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ६५ हजार २७ जना रहेको छ । उपचार पछि घर पर्कनेको संख्या भने ३२ हजार ८ सय १२ जना रहेको छ । त्यस्तै १ लाख ३७ हजार ६ सय ९८ जना संक्रमित रहेको जर्मनिमा ४ हजार ५२ जनाले मात्रै ज्यान गुमाउनु परेको छ । जर्मनमा उपचार पछि घर फर्कनेको संख्या भने ७७ हजार जना पुगेको छ ।

त्यस्तै बेलायतमा संक्रमितको संख्या १ लाख ३ हजार ९३ जना रहेको छ भने उक्त भाईरसका कारण ज्यान गुमाउनेको संख्या १३ हजार ७ सय २९ जना पुगेको छ । हालसम्म अन्य मुलुमा १ हजारभन्दा माथीको संख्यामा मृत्यु हुने देशहरुमा चीन ३३४२, इरान ४९६९, टर्कि १६४३, बेल्जीयम ४८५७, ब्राजिल १९४७, क्यानाडा ११९५, नेदरल्याण्ड ३३१५, स्वीजरल्याण्ड १२८१, स्वीडेन १३३३ को मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL