Logo

कोरोनाका लागि चीनबाट स्वास्थ्य सामग्री लिएर आयो नेपाल एयरलाइन्स, यी हुन नेपाल आईपुगेको सामग्री

कोरोनाका लागि चीनबाट स्वास्थ्य सामग्री लिएर आयो नेपाल एयरलाइन्स, यी हुन नेपाल आईपुगेको सामग्री



काठमाडौं । कोरोना परीक्षण किट, पीपीईलगायतका सामग्री लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनबाट नेपाल आइपुगेको छ । शनिबार चीन प्रस्थान गरेको सो जहाज कोरोनासम्बन्धित विभिन्न स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगेको हो ।

laxmi

विमान बिहान साढे पाँच बजे काठमाडौं फर्किएको विमानस्थलले जनाएको छ । स्वास्थ्य मन्त्रालयले अर्डर गरेका सामग्री लिएर आइपुगेको बताइएको छ ।

नेपाल वायुसेवा निगमको आरए ४१७१ कल साइनको जहाज हिजो मध्याह्न चीनको ग्वान्जाओतर्फ प्रस्थान गरेको थियो । १२ दशमलव ६६ टन मेडिकल सामग्री, अन्य वस्तुहरु उक्त जहाजमार्फत ल्याइएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाटाले दिएको जानकारीअनुसार स्वास्थ्य सामग्रीमा एन ९५ मास्क, गगल्स, पीपीई, गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, परीक्षण किट, नमुना संकलन गर्ने किटलगायतका सामग्री ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL