Logo

शुक्रबार फेरि बढ्यो सुन, प्रतितोला साढे ७५ हजारमा कारोबार

शुक्रबार फेरि बढ्यो सुन, प्रतितोला साढे ७५ हजारमा कारोबार



काठमाडौं । बिहीबार १५ सय रुपैयाँ प्रतितोला घटेको सुन शुक्रबार फेरि ५ सय रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला १५ सय रुपैयाँले घटेर ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनचाँदी ब्यवसायी महासंघका अनुसार तेजावी सुनमा समेत मूल्य बढेर ७५ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको छ । त्यस्तै शुक्रबार चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

बिहीबार ३० रुपैयाँले घटेर ६ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २० रुपैयाँले बढेर ७ सय रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL