Logo

होटल व्यवसायीका छोराछोरीका लागि अक्षय कोष, शिक्षामा सहयोग पुर्याउने उद्देश्य

होटल व्यवसायीका छोराछोरीका लागि अक्षय कोष, शिक्षामा सहयोग पुर्याउने उद्देश्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२ साउन, काठमाडौँ । शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षामा सबैको समान पहुँच स्थापित गर्नु सबैको साझा दायित्व भएको बताएकी छिन् । नेपाली होटल व्यवसायी संघले शनिबार आयोजना गरेको अक्षय कोष स्थापना सभालाई सम्बोधन गर्दै उनले सबैका लागि शिक्षा गुणस्तरीय हुनुपर्नेमा जोड दिएकी हुन् ।

संघले २०७१ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मान तथा भूकम्पमा परी मृत्यु हुने होटल व्यवसायीका छोराछोरीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरेको हो ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण मृत्यु भएका होटल व्यवसायीका छोराछोरी पठनपाठन गर्ने विद्यालयमा संघले अक्षय कोष स्थापना गरेको छ । शनिबारै सो कोषमा करीब रू. ५० हजार सङ्कलन भएको संस्थाका महासचिव डिबी राईले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विदेशमा काम गरेर गौरवको अनुभूति गर्नुभन्दा स्वदेशमा काम गर्ने बानीको विकास गर्नु र अरुले गरेको कामलाई सम्मान गर्नुपर्ने बताए । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले कामको खोजीमा कतार, मलेसिया, साउदी अरब जानुभन्दा नेपालमै काम गर्ने हो भने प्रशस्त आम्दानी गर्न सकिने बताए ।

सङ्घका अध्यक्ष शेरबहादुर थापाले विपत्म परी मृत्युवरण गर्नुपरेका व्यक्तिका नाममा स्थापित कोषमा सक्दो आर्थिक सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL