Logo

७० करोड कमिशन काण्डमा सञ्चारमन्त्री बाँस्कोटाले मुख खोले, दिए यस्तो प्रतिक्रिया

७० करोड कमिशन काण्डमा सञ्चारमन्त्री बाँस्कोटाले मुख खोले, दिए यस्तो प्रतिक्रिया



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको ७० करोड कमिशनको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका बाँस्कोटाले भने– ‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु ।

कञ्चनपुरको् बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ नरहेको पनि बताए ।

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने बताउँदै मन्त्री बाँस्कोटाले ‘आरोप आफैँमा ठूलो कुरो नभएको र आरोप दिनदिनै लाग्नसक्ने बताउँदै ‘सरकार सञ्चालन गर्दा आरोप लाग्दै जाने पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL