Logo

त्रिभुवन विमानस्थलमा ८ लाखको कार्पेट बिच्छ्याइदै, नमुना परिक्षण सम्पन्न

त्रिभुवन विमानस्थलमा ८ लाखको कार्पेट बिच्छ्याइदै, नमुना परिक्षण सम्पन्न


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२० असार,काठमाडौं । अवको केही महिना भित्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल जाँदा यात्रुहरुलाई विदेशको विमानस्थलमा पुगेको अनुभव हुने भएको छ ।

विमानस्थलको स्तरोन्नती गर्ने क्रममा कार्पेट विच्छ्याइने भएकोले यात्रुहरुले  अनुभव गर्न पाउने भएका हुन् । आगामी ३ महिनाभित्र एयरपोर्टमा कार्पेट विच्छ्याइने विमानस्थलका महानिर्देशक बीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘हामीले नमुना परिक्षण गरिसकेका छौं उनले भने छोटो समयमै यात्रुले विदेशको   एयरपोर्ट जस्तो अनुभव गर्नेछन् ।’

त्यसका लागि ८ लाख रुपैयाँ बराबरको कार्पेट खरिद गर्न लागिएको उनले जानकारी दिए । यससँगै विमानस्थलको रिसिभ रुममा पनि कार्पेट विच्छ्याइने भएको छ ।

साथै यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ७० ओटा कुर्चीहरु पनि थप्न लागिएको बताइएको छ । त्यस्तै सरसफाइ, एसी राख्न, लाइट राख्ने तथा खाली कोठालाई सिनियर सिटिजन रुम बनाउने श्रेष्ठ बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL