Logo

मेची भन्सारको मुद्दा फछर्यौटबाट साढे ३ करोड राजस्व संकलन

मेची भन्सारको मुद्दा फछर्यौटबाट साढे ३ करोड राजस्व संकलन



काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका मुद्दा फछर्यौटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले ५ सय ३० मुद्दा फछर्यौट गर्दा ३ करोड ३६ लाख ५८ हजार राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिएका छन ।

उनका अनुसार अघिल्लो आव २०७४/७५ बाट सरी आएका १७ तथा गत आव २०७५/७६ मा दर्ता भएका ५ सय ३२ गरी कूल ५४९ मुद्दामध्ये ५ सय ३० फछर्यौट भएका थिए ।

झापाका विभिन्न नाकाबाट अवैधरूपमा हुने चोरीका मुद्दामा निकासी भन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायवसुब्बा छत्रबहादुर आलेमगरले बताए । चोरीपैठारीमा यातायातका साधनदेखि मोटरपार्टस, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान रहेका छन ।

अवैधरूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए/रासस

प्रतिक्रिया दिनुहोस्