Logo

चिलिमेको विशेष साधारण सभा जेठ ३० मा, २ जना सञ्चालक चुन्ने

चिलिमेको विशेष साधारण सभा जेठ ३० मा, २ जना सञ्चालक चुन्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ जेठ, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको विशेष साधारण सभा जेठ ३० मा बस्ने भएको छ । गत वैशाख १२ मा आएको महाभुकम्पका कारण स्थगित भएको साधारण सभा जेठ अन्तिममा गर्ने कम्पनीद्वारा विहीवार जारी विज्ञप्तीमा उल्लेख छ । साधारण सभामा ‘ख’ वर्ग (संस्थापक र स्थानीयबासी बाहेक) का शेयरधनीको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन हुने छ ।

भुकम्पपछि कम्पनीको दोस्रो बजार कारोबार मूल्य साढे ३ सय रुपैयाँ सस्तिसकेको छ । भुकम्प आउनुपूर्व १ हजार ५ सय ९३ रुपैयाँमा बन्द भएको शेयरको भाउ भुकम्पपछि बजार खुल्दा पहिलो दिन १ सय ५९ रुपैयाँ र दोस्रो दिन थप १ सय ४३ रुपैयाँ सस्तिएको थियो । तयसपछि भने मूल्य घट्ने क्रम केही साँघुरिएको छ । गत मंगलवार ४७ रुपैयाँ घटेको उक्त कम्पनीको शेयरको भाउ बुधवार ४ रुपैयाँमात्रै सस्तिएर बन्द भयो । पछिल्लो कारोबार मूल्य अनुसार कम्पनीको प्रति शेयर मूल्य १ हजार २ सय ४० रुपैयाँमा झरेको छ ।

chilime-hydro
chilime-hydro

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL