Logo

राहत र पुर्नव्यस्थापनमा लाग्न लेखापरीक्षकलाई अडानको आग्रह, पेशागत निष्ठाका लागि एकता आवश्यक

राहत र पुर्नव्यस्थापनमा लाग्न लेखापरीक्षकलाई अडानको आग्रह, पेशागत निष्ठाका लागि एकता आवश्यक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ जेठ, काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान)ले देशभरका लेखापरीक्षकहरुलाई महाभूकम्पपिडितहरुको राहत र पुनव्र्यवस्थापनमा जुटन आग्रह गरेका छन । महोत्तरीको जलेश्वरमा सम्पन्न अगुवा लेखापरीक्षकहरुको भेलालाई सम्वोधन गर्दै अडानका केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले सो कुरा बताएका हुन् ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को पांचौं परिषदका सदस्यसमेत रहेका पौडेलले महाभूकम्पमा लेखापरीक्षकका परिवारसमेत प्रत्यक्ष प्रभावित परेको बताएका छन । महाभूकम्पमा परेका नागरिकहरुको उद्धार, राहत र पुनव्र्यवस्थापनका लागि अडानले सरकारलाई संस्थागत रुपमा सहयोग गरेको बताउँदै लेखापरीक्षकहरु स्वतःस्फूर्त रुपमा यो अभियानमा जुटिरहेको पौडेलले जानकारी दिए ।

महाभूकम्पपछिको अवस्थाको व्यवस्थापन र पुनर्निमाणका लागि राज्यले सबै शक्ति, स्रोत र अन्तरराष्ट्रिय सहयोगको प्रभावकारी परिचालन र संयोजनका लागि ध्यान दिनुपर्ने उनको भनाइ थियो । साथै, यस विषम परिस्थितिवीच हुन लागि रहेको आइक्यानको सातौं परिषदको निर्वाचनमा अडानका तर्फबाट प्रस्तुत साझा उम्मेदवारहरुलाई विजयी बनाएर पेशागत हकहित, एकता र क्षमता अभिवृद्धिको पक्षमा उभिन समेत उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै अडानका उपमहासचिव एवम् आइक्यानका काउन्सिल सदस्य बद्रि भट्टराईले आइक्यानभित्र अडिटरहरुलाई हेर्ने दृष्टिकोण र व्यवहार विभेदपूर्ण रहेकोले त्यसको अन्त्य, पेशागत निष्ठा र विकासका लागि अडिटरहरुले अभुतपूर्व एकता प्रदर्शन गर्नुपर्ने बताए । लेखापरीक्षकहरुले आफनो क्षमता र गुणस्तरीयता वृद्धि गरेर प्रतिस्पर्धी सेवा दिन भट्टराईले आग्रह गरे ।

अडानका महोत्तरी अध्यक्ष सुरेशकुमार लालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अडान धनुषाका अध्यक्ष शोभाकान्त झा र सचिव शिवकुमार झालगायतले मन्तव्य राखेका थिए ।

यसअघि अडान सिन्धुलीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा अडानका केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेल, महासचिव केदारनाथ पौडेल, उपमहासचिव बद्रि भट्टराई, सचिव ध्रुव पौडेल, केन्द्रीय सदस्य रोहित झालगायतले बोलेका थिए ।

अडान यतिखेर आइक्यानको सातौं परिषदमा अडानको तर्फबाट चारै उम्मेदवारहरुलाई विजयी बनाउनका लागि अडान अध्यक्ष मोहनराज रेग्मीको नेतृत्वमा देशव्यापी अभियानमा छ । अडानका बरिष्ठ उपाध्यक्ष सुर्य अधिकारी, सचिवहरु यादव न्यौपाने, ध्रुव पौडेल र कोषाध्यक्ष गणेश राई निर्वाचन मैदानमा छन । जिल्लामा हुलाकमार्फत निर्वाचन प्रक्रिया चलिरहेको र काठमाण्डौं उपत्यकामा आगामी जेठ २९ गते मतदान हुदैछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL