Logo

ग्योरज तथा वर्कसप नियमन गर्दै विभाग, १५ दिन भित्र दर्ता नगरे कारबाही

ग्योरज तथा वर्कसप नियमन गर्दै विभाग, १५ दिन भित्र दर्ता नगरे कारबाही



काठमाडौं । सरकारले सवारीसाधनका विभिन्न ग्यारेज तथा वर्कसपहरुलाई समेत नियमन गर्ने भएको छ । यातायात ब्यवस्था विभागले काठमाडौं लगायत देशका विभिन्न स्थानमा रहेका वर्कशप तथा ग्यारेजलाई १५ दिनभित्र दर्ता तथा नविकरण गर्न निर्देशन दिएको छ ।

विभागले एक सुचना जारी गर्दै विभिन्न स्थानमा रहेका वर्कसप, ग्यारेज तथा सर्भिस सेन्टरलाई दर्ता तथा नविकरण हुन निर्देशन दिएको हो । विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईले डेढ बर्षअघि वर्कसप तथा ग्यारेजहरु नियमन गर्नका लागि कारखाना तथा वर्कसप संचालन सम्बन्धी निर्देशिका लागु गरेका थिए ।

उक्त निर्देशिकामा सवारीसाधन राख्न पर्याप्त ठाउँ हुनुपर्ने, सडकको राईट अफ वेमा हुनुपर्ने लगायतका नियम उल्लेख गरिएको छ । तर हालसम्म चल्दै आएका विभिन्न कारखाना तथा सवारीसाधनका वर्कसपहरुले उक्त नियमको पालना समेत गरेका छैनन ।

सोही अनुसार विभागले सम्पुर्ण मापदण्ड पुरा भई विभागमा दर्ता हुनका लागि आह्वान गरेको हो । विभागले उक्त मापदण्ड भित्र रहेर १५ दिन भित्र दर्ता नभएमा कानुबमोजिम कारवाही गरिने पनि जानकारी दिएको छ ।

विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराई पछि २ जना महानिर्देशक परिवर्तन भएपनि उनले ल्याएको निर्देशिका कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौमा मात्रै हाल ५ सय भन्दा बढी वर्कसप तथा ग्यारेज भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ । तर हालसम्म कुनै पनि निकायले उनीहरुको नियमनमा चासो नदेखाएको हुँदा अवैधानिक तथा असूरक्षित तरिकाले वर्कसपहरु चलिरहेका छन ।

काठमाडौं उपत्यकामै कतिपय वर्कसप तथा ग्यारेजहरु असुरक्षित तरिकाले चलिरहेको देखेर नै उक्त निर्देशिका लागु गर्न लागिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार अब निर्देशिकामा उल्लेख भएबमोजिम अनुसार दर्ता भएमा पर्कसप तथा ग्यारेजको संख्या समेत घट्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL