Logo

Global_Ime

मदिरा व्यवसायीको ११ औं वार्षिक साधारणसभा, व्यवसायीमैत्री नीतिनियम बनाउन माग

मदिरा व्यवसायीको ११ औं वार्षिक साधारणसभा, व्यवसायीमैत्री नीतिनियम बनाउन माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता
कात्तिक २२,काठमाडौं । सरकारले एकतर्फी रुपमा नीति नियम बनाउँदा मदिरा व्यवसायीहरु समस्यामा परेको नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष नविनलाल श्रेष्ठले बताए । शनिबार महासंघको ११ औं वार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘सरकारले नीति नियम बनाउँदा औपचारिकता पुरा गर्नका लागि मात्र व्यवसायीलाई छलफलमा बोलाउने गरेको छ,’ उनले भने, ‘तर, नीति नियम भने व्यवसायीलाई मर्का पर्ने गरी आपूmखुशी बनाउँदै आएको छ ।’

Laxmi_sunrise
KBL

madira-bebasaiकार्यक्रममा व्यवसायीहरुले सरकारले मदिरा सम्बन्धी ल्याएको विभिन्न नीति निमयलाई तत्काल कार्यान्वयनमा ल्याउने पर्ने माग गरेका छन् । साथै, सरकारले मदिरा व्यवसाय सम्बन्धी अपूरो नीति ल्याएर व्यवसायीलाई समस्यामा पार्ने गरेको महासंघका महासचिव विष्णु खड्काले बताए । ‘नेपालको मदिरा ऐनले मदिरा विक्री वितरणमा तहगत अन्तशुल्क दर निर्धारण गरेको तर परिवर्तित निर्देशिकाले आम व्यवासायीलाई अन्योलमा पारी सरकारले जथाभावी जरिवाना लगाउँदै आएको छ,’ खड्काले भने, ‘व्यवसायीलाई अनावश्यक दुख दिने यस्ता खालका ऐन नियम खारेज गरिनुपर्छ ।’ साथै, पछिल्लो समय सरकारले अध्यादेश मार्फत वाइनसपको अवधारणा ल्याएपनि कार्यान्वयनको पक्ष प्रष्ट नभएको उनले जानकारी दिए ।

महासंघका ५ हजार ५ सय भन्दा बढी व्यवसायीहरु आवद्ध छन् । २७ वटा संघ रहेको उक्त महासंघ ३१ वटा जिल्लामा फैलिएको छ । साथै, आगामी दिनमा महासंघमा बढीभन्दा बढी व्यवसायीहरुलाई आवद्ध गरिने खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL